default_image

7 years ago

July 8, 2018

रोनाल्डोले स्विकार गरेनन् चीनको १ सय ७७ मिलियनको प्रस्ताव

89 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने तयारीमा रहेका छन् । १ सय मिलियन युरोमा युभेन्टसले उनलाई खरिद गर्ने र उनले त्यहां वार्षिक ३० मिलियन युरो कमाउने बताइएको  छ ।

रोनाल्डोले रियल छोड्ने समाचार आएदेखि म्यानचेस्टर युनाइटेड पनि एक पटक उनलाई भित्राउने प्रयास गर्ने जनाइएको छ । त्यसै माझ उनलाई नाम नखुलेको चिनियां क्लबबाट १ सय ७७ मिलियन पाउन्डको प्रस्ताव पनि आएको छ जुन उनले अस्विकार गरेका छन् ।

यसले उनी इटाली नै जाने तयारीमा रहेको थप संकेत दिन्छ । त्यहां उनलाई अग्रपंक्तिमा गोन्जालो हिग्वाइन र पाउलो डिबालाले साथ दिनेछन् । रोनाल्डोको सम्झौता आधिकारिक नभए पनि उनको ७ नम्बरको युभेन्टस जर्सी बिक्रि हुन सुरु गरिसकेको छ ।

रोनाल्डो युभेन्टस आए युभेन्टस यस पालिको च्याम्पियन्स लिगको बलियो दाबेदार हुने बुझिएको छ । यस पटक युभेन्टस सेमिफाइनलमा रियलसंगै हारेको थियो । विश्वकप अन्तिम १६ मा उरुग्वेसंग पराजित हुंदै घर फर्केका रोनाल्डो अहिले विश्राम गर्दै बिदा मनाइरहेका छन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.