7 years ago
July 10, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को पहिलो सेमिफाइनलमा आज युरोपका दुई बलिया राष्ट्र फ्रान्स र बेल्जियम भिड्दै छन् । सेन्ट पिटर्सबर्ग स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार ११.४५ बजे सुरु हुनेछ ।
फ्रान्सका लागि सबै खेलाडी फिट रहेका छन् । अघिल्लो खेलमा प्रतिबन्धित रहेका ब्लेज माटुइडी यस खेलमा फर्किने छन् । फ्रान्स समूह ‘सी’को विजेता रहंदै अन्तिम १६ मा छनोट भएको थियो । त्यसपछि अर्जेन्टिनालाई ४-३ र उरुग्वेलाई २-० ले हराउंदै फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । फ्रान्सका लागि एन्टोइन ग्रिजम्यान र युवा खेलाडी किलियन एम्बाप्पेले समान ३-३ गोल गरेका छन् ।
अर्को तर्फ, बेल्जियमका लागि विङ ब्याक थोमस म्युनियर प्रतिबन्धित रहेका छन् । उनको स्थानमा नसिर चाड्ली खेल्न सक्छन् । समूह ‘जी’को विजेताका रुपमा प्रि-क्वाटरफाइनल प्रवेश गरेको बेल्जियमले अन्तिम १६ मा जापानलाई ३-२ ले हराएको थियो भने क्वाटरफाइनलमा ब्राजिललाई २-१ ले हराउंदै सेमिफाइनलमा स्थान बनाएको हो । बेल्जियमका लागि रोमेलु लुकाकुले सर्वाधिक ४ गोल गरेका छन् भने लयमा रहेका कप्तान एडेन हाजार्डले २ गोल गरेका छन् ।
फ्रान्स वा बेल्जियम – सेमिफाइनलमा कुन टोलीले जित हात पार्दै फाइनलमा स्थान बनाउने छ?
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]