default_image

7 years ago

July 15, 2018

‘नेयमार फुटबलमा अभिनय कम गरुन्’

127 views

0 Bookmark

आम्स्टर्डम (एजेन्सी)– ब्राजिलियन स्टार नेयमारले विश्वकपका दौरान गरेको अभिनयका कारण मानिसहरुले हासोको विषय बनाएको नेदरल्यान्ड्सका पूर्व खेलाडी मार्को भान बास्टिनले बताएका छन् ।

यद्दपी रसियामा जारी विश्व कपमा नेयमार सबैभन्दा बढी फाउल गरिएका खेलाडी हुन् । कतिपय विपक्षी रक्षकहरुको खराब ट्याकलमा उनलाई उपचार पनि गर्नुपरेको थियो । भान बास्टिनले २६ वर्षे स्टारलाई अभिनय कम गर्न सुझाव दिएका छन् ।

‘सामान्यतया यो राम्रो तरिका होइन । तिमिले सक्दो राम्रो गर्न प्रयास गर्नुपर्दछ । तर फुटबलमा यसरी धेरै अभिनय गरिन्छ भने त्यसले फाइदा गर्दैन,’ उनले भने, ‘मलाई लाग्छ त्यस्तो परिस्थितिलाई उनी आफैले बुझ्नु पर्दछ । केहि हासो ठट्टाका लागि सम्म यो ठिकै हो । त्यसले मान्छेहरुलाई हास्न मद्दत गर्छ ।’

यसैबीच ब्राजिलियन टोलकिा पूर्व प्रशिक्षक कार्लोस अल्र्बेटो परिराले नेयमारविरुद्ध विपक्षी रक्षकहरु निर्मम हुने गरेको बताएका छन् । ‘उनी धेरै पटक लडाइए । कति फाउल गरियो । कतिपय अवस्थामा भने नजानिकन पनि भएको छ,’ उनले थपे, त्यसले केहि प्रचार होला । तर नेयमार हाम्रा लागि त्यो खेलाडी हुन् जसले खेलमा प्रभाव पार्न सक्छन् ।’

पेरिराले ब्राजिललाई सन् १९९४ र २००६ विश्वकपमा प्रशिक्षण दिएका थिए । नेयमार सहितको ब्राजिलियन टोली यसपटकको विश्व कपको क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित भएको थियो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.