7 years ago
July 15, 2018
मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ विश्वकप २०१८ को फाइनल खेलमा फ्रान्स र क्रोएसिया भिड्दै छन् । फ्रान्सले खेलको १८ औं मिनेटमा अग्रता लिन सफल भएको छ ।
खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले गोल गर्न सफल भयो । एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भयो ।
फ्रान्स र क्रोएसिया दुवैले आफ्नो टोलीमा केही परिवर्तन गरेका छैनन् । ऐतिहासिक रुपमा फाइनलमा पुगेको क्रोएसिया पहिलोपटक विश्वकप जित्ने योजनामा हुनेछ ।यता, उपाधिको दावेदार मानिएको फ्रान्स क्रोएसियालाई पराजित गर्दै विश्वकपका दोस्रोपटक च्याम्पियन बन्ने योजनामा हुनेछ ।
सुरुवाती ११
फ्रान्स
गोलकिपर : ह्युगो लोरिस
डिफेन्डर : बेन्जामिन पाभार्ड, सामुयल उम्टिटी, राफायल भरान, लुकास हर्नान्डेज
मिडफिल्डर: पल पोग्बा, एन्गोलो कान्टे, ब्लेज माटुइडी
फरवार्ड : एन्टोइन ग्रिजम्यान, ओलिभर जिरु, किलियन एम्बाप्पे
क्रोएसिया
गोलकिपर : डानियल सुबासिच
डिफेन्डर : इभान स्ट्रिनिच, डेजान लोभरन, डोमागोज भिडा, सेमि भ्रासिलोको
मिडफिल्डर : मार्सेलोन ब्रोजोभिच, इभान राकिटिच, लुका मोड्रिच
फरवार्ड : इभान पेरिसिच, आन्टे रेबिच, मारियो मान्डजुकिच
के क्रोएसिया खेलमा फर्किन सक्ला?
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]