default_image

7 years ago

July 16, 2018

‘म पिएसजी मै रहन्छु’- विश्व कप युवा खेलाडी एमबाप्पे

124 views

0 Bookmark

मस्को (एजेन्सी)– फ्रान्सेली फरवार्ड केलियन एमबाप्पले अर्को सिजन पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहने पक्का गरेका छन् । रियल म्याड्रिड जाने चर्चाका बीच रसियामा आइतबार मात्र विश्व कपको युवा खेलाडी घोषित एमबाप्पले अझै पिएसजीमा रहने पक्का गरेका हुन् ।

क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले दोस्रो पटक विश्व कप जित्दा एम बाप्पेले टोलीका लागि तेस्रो गोल गरेका थिए । युवा खेलाडी घोषित मध्ये विश्व कपमा गोल गर्ने पेले पछि एमबाप्पले पहिलो खेलाडी पनि बनेका छन् ।

क्रिस्टियानो रोनाल्डो रियल छाडेर युभेन्ट्स गएसँगै एमबाप्पले स्पेन जान सक्ने अड्कल सुरु भएको थियो । उनी मात्र होइन पिएसजीकै ब्राजिलियन स्टार नेयमारलाई पनि रोनाल्डोको विकल्पका रुपमा रियलले लान चाहेको समाचार आइरहेका छन् । यसबीचमा एमबाप्पले यो वर्ष पेरिसमै बस्ने कतै सरुवा नहुने प्रष्ट पारेका छन् ।

‘म पिएसजीमै रहन्छु । आफ्नो यात्रालाई यहि अघि बढाउन चाहन्छु,’ उनले भने, ‘मैले खेल जीवनको सुरुवात मात्र गरेको छु ।’ क्लबका स्टारमध्ये कम्तीमा एक एमबाप्पेको पछिल्लो भनाईबाट पिएसजी पक्कै खुसी हुनुपर्दछ,। नेयमारको सरुवाको विषयमा भने अझै प्रष्ट खबर सर्वजनिक भएको छैन । यद्दपी रियलले नेयमार लिने प्रयास नभएको केहि दिनअघि प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको थियो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.