7 years ago
July 17, 2018
म्युनिख (एजेन्सी)– जर्मनी पुनः बलियो भएर फुटबलमा फर्केने विश्वास पूर्व कप्तान फिलिप लाहमले गरेका छन् । साविक विजेताको हैसियतमा रसिया पुगेको जर्मनी यसपटक निराशाजनक रुपमा पहिलो चरणबाटै घर फर्केको थियो ।
लाहमले नयाँ पुस्ताका प्रतिभामा भविष्यमा उपाधिका लागि चुनौति दिने क्षमता रहेको विश्वास पनि व्यक्त गरेका छन् । मेक्सिको र दक्षिण कोरियासँग पराजित हुँदै जर्मनी यसपटक समूह चरणबाट बाहिरिएको थियो । जसका कारण टोलीले निकै आलोचना खेप्नु परेको थियो । तर, लाहम टोली चाँडै सामान्य अवस्थामा फर्कने विश्वास गरेका छन् ।
‘हामीले जे देख्यौं त्यसमा खास लय थिएन,’ लाहमले भने, ‘तर मलाई विश्वास छ । नयाँ पुस्ता अझै बलियो भएर फर्कनेछ । ग्यारी लिनिकरले भने जस्तै फुटबल एउटा सामान्य खेल हो । २२ जना मान्छे ९० मिनेट खेल्छन् र अन्त्यमा जर्मनी जित्छ ।’
पहिलो चरणबाट बाहिरिएपनि जर्मन फुटबल संघले प्रशिक्षक जोचिम लोउमाथिको विश्वासलाई यथावत राखेको छ । यद्दपी म्यानचेस्टर सिटीका लेरोय सानेलाई टोलीमा समावेश नगरेका कारण विश्वकप विजेता प्रशिक्षक लोउको निकै आलोचना भएको थियो ।
जर्मनीमा पहिलोको जस्तो जितको भोक देख्न नसकेपछि भविष्यमा अझै शसक्त भएर फर्कनेमा आशावादी रहँदै लाहमले भविष्यमा फेरि बलियो भएर फर्कने सम्भावना रहेको बताए ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]