default_image

7 years ago

August 15, 2018

मेस्सीविरुद्ध खेल्न टेभेज उत्साहित

112 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर कार्लोस टेभेज र उनका पूर्व सहकर्मी बार्सिलोनाका लियोन मेस्सी आमनेसामने हुने भएका छन् । टेभेजको टोली बोका जुनियर्सले बुधबार जोआन ग्याम्पर ट्रफीमा बार्सिलोनाको सामना गर्दैछ ।

मेस्सी र टेभेजले अर्जेन्टिनाका लागि लामो समयसँगै खेलेका थिए । टेभेज सन् २००६ र २०१० विश्व कपमा अर्जेन्टिना फुटबल टोलीका सदस्य थिए । ३४ वर्षे टेभेज मेस्सीसँगको भेटका लागि आतुर छन् । ‘मेस्सीविरुद्ध खेल्न सधै आनन्द लाग्छ । उनीसँग खेल्दा पनि खुसी लाथ्यो,’ उनले भने, ‘अहिले फेरि एकपटक उनीसँग खेल्ने मौका मिलेको छ । साच्चै खुसी लागेको छ ।’

टेभेजले आफ्नो खेल जीवनको महत्वपूर्ण समय वेस्ट ह्याम युनाइटेड तथा म्यानचेस्टर क्लबहरु युनाइटेड र सिटीमा विताएका थिए । उनले खेल जीवनमा तीन पटक प्रिमियर लिग, एकपटक एफए कप र एकपटक च्याम्पियन्स लिग उपाधि जितेका थिए । उनले इटालियन क्लब युभेन्ट्सबाट पनि खेले । जहाँ उनी दुई पटक सिरिए र एक पटक कोपा इटालिया जिते ।

२०११ अघि सात वर्ष अर्जेन्टिनाका लागि ७६ खेल खेल्दै टेभेजले १३ गोल गरेका थिए । २०१५ यता अर्जेन्टिनाको फुटबल टोलीमा पर्न नसकेका टेभेजको अन्तर्राष्ट्रिय खेल जीवन भने लगभग विश्रामको अवस्थामा छ ।

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.