default_image

7 years ago

August 15, 2018

‘रोनाल्डोको सरुवा असाधारण कदम’

155 views

0 Bookmark

टुरिन (एजेन्सी)– युभेन्ट्सका महान खेलाडी एवं वर्तमान उपाध्यक्ष पाभेल नेदभेदले क्रिस्टियानो रोनाल्डोलाई रियल म्याड्रिडबाट क्लबमा ल्याउन सफल हुनुलाई असाधारण कदम भनेका छन् । यो सरुवाले क्लबलाई युरोपमा थप स्थापित गर्न मद्दत पुग्ने उनको विश्वास छ ।

पछिल्ला पाँच वर्षमा ४ वटा च्याम्पियन्स लिग उपाधि जित्न सफल ३३ वर्षे रोनाल्डो यहि सिजन १ सय मिलियन युरोमा युभेन्ट्स पुगेका थिए । लगातार सात वर्ष इटालियन सिरिए उपाधि जितेपछि युभेन्ट्सले च्याम्पियन्स लिगमा भने प्रभाव जमाउन सकेको छैन । रोनाल्डोको आगमनसँगै टोली उत्साहित बनेको छ ।

नेदभेदले रोनाल्डोको आगमनले क्लबलाई युरोपको माथिल्लो क्लबमा पुर्याउने मात्र नभइ इटालियन फुटबललाई समेत राम्रो हुने बताएका छन् । ‘युभेन्ट्स युरोपका सफल क्लबहरुमा दर्ज हुनेमा कुनै शंका छैन,’ नेदभेदले भने, ‘रोनाल्डोलार्ई हामीले क्लबमा ल्याउनु भएको एउटा असाधारण कदम हो । यसले भविष्यलाई राम्रो हुनेछसँगै इटालियन फुटबललाई समेत मद्दत गर्नेछ ।’

महान मिडफिल्डर नेदभेदले इम्री च्यानको आगमनलाई सकारात्मक भएको बताएका छन् । लिभरपुलमा सम्झौता नविकरण नभएपछि च्यान युभेन्ट्समा आबद्ध भएका थिए । ‘उनको सम्झौता पनि हाम्रो लागि महत्वपूर्ण छ,’ नेदभेदले भने, ‘धेरै क्लबले उनी प्रति चासो राखेका थिए । तर हामी उनलाई लिन सफल भएका छौं । उनी रणनीतिक र प्राविधिक रुपमा  राम्रो खेलाडी हुन् ।’

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.