default_image

7 years ago

August 15, 2018

म्यान्जुकिकको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

139 views

0 Bookmark

जाग्रिव (एजेन्सी) – रसिया विश्वकपको उपविजेता टिम क्रोएसियाका फरवार्ड मारियो म्यान्जुकिकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३२ वर्षीय इटालियन क्लब युभेन्टस्का स्टार म्यान्जुकिकले मंगलबार सामाजिक सन्जाल इन्स्टाग्राममा भावनात्मक सन्देश लेख्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

‘हामी हाम्रो लक्ष्यमा पुग्न सफल भयौं । हामीले ऐतिहासिक नजिता पनि निकाल्न सफल भयौं । हामीले प्रशंसकहरुबाट न्यानो आतिथ्यता पायौं ।’ म्यान्जुकिकले लेखेका छन्, ‘प्रस्थानको लागि कुनै आदर्श समय छैन । हामीले क्रोएसियालाई विश्व च्याम्पियन बनाउन सकेनौ । तर, मलाई विश्वास छ । हामीले क्रोएसियाका लागि उत्कृष्ट फुटबल खेल्यौ । मैले मेरो आफ्नो उत्कृष्ट समय क्रोएसियन फुटबलमा बिताए । मैले ठुलो सफलता पाएको छु ।’
म्यान्जुकिकले ११ वर्ष क्रोएसियाको राष्ट्रिय टिममा रहँदै ८९ खेलमा ३३ गोल गर्न सफल भएका छन् । जुन डाभोर सुकर (४५) गोलभन्दा पछि हो ।
म्यान्जुकिकले क्रोएसियाबाट दुई विश्वकप र तीन युरोकपमा सहभागिता जनाएका छन् ।
गत जुलाईमा रसियामा भएको फिफा विश्वकपको फाइनलमा म्यान्जुकिकको टोली क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजित भएको थियो । उक्त खेलमा म्यान्जुकिकले पनि गोल गर्न सफल भएका थिए । यस्तै म्यान्जुकिककै आत्मघाती गोलबाट क्रोएसिया खेलमा पछि परेको थियो । मारियोले सन् २००७ मा म्यासेडोनियाविरुद्धको खेलबाट सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.