7 years ago
August 16, 2018
इस्टोनिया (एजेन्सी) – एट्ल्टिको मड्रिड युइएफए सुपर कप च्याम्पियन बनेको छ । शहरी प्रतिद्धन्द्धी रियल मड्रिडलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै एट्लेटिको मड्रिड युइएफए सुपर कप च्याम्पियन बनेको हो ।
इस्टोनियामा भएको खेलमा एट्लेटिको मड्रिडलाई च्याम्पियन बनाउन डिएगो कोस्टाले दुई तथा साउल निग्वेज र कोकीले समान एक गोल गरे । रियलका करिम बेन्जेमा र सर्जियो रामोसले गोल गरे । एट्लेटिकोले खेलको पहिलो मिनेटमा नै अग्रता बनाउन सफल भएको थियो । डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । ६३ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियललाई खेलमा २–१ को अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा एन्जल कोरेरको पासमा कोस्टाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि निर्धारित समयमा गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको खेलमा एट्लेटिको मड्रिड खेलमा हावी हुदै दुई गोल गर्न सफल भयो । अतिरिक्त समयको खेलको ९९ औं मिनेटमा साउल निग्वेजले गोल गर्दै एट्ल्ेटिकोलाई ३–२ को अग्रता दिलाए । १०४ औं मिनेटमा कोकीले गोल गर्दै टिमलाई ४–२ को जित दिलाए ।
यससँगै एट्लेटिकोलाई तेस्रोपटक युइएफए सुपर कप जित्न सफल भयो । एट्लेटिकोले यसअघि २०१० र २०१२ मा युइएफए सुपर कपको उपाधि जितेको थियो । एट्लेटिकोसँग पराजित भएसँगै रियलको पाँचपटक युइएफए सुपर कपको उपाघि जित्ने सम्भावना समाप्त भयो । रियलले २००२, २०१४, २०१६ र २०१७ गरि चारपटक युइएफए सुपर कपको उपाघि जितेको हो । युइएफए च्याम्पियन्स लिग विजेता र युइएफए युरोपा लिग विजेताबीच युइएफए सुपरकप हुने गर्दछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]