default_image

7 years ago

August 16, 2018

विश्व फुटबलमा अहिलेका ५ उत्कृष्ट मिडफिल्डर

164 views

0 Bookmark

लन्डन (एजेन्सी) – कुनैपनि फुटबल टोलीको मुटु र आत्मा नै मिडफिल्ड हो । स्ट्राइकरले गोल गर्दा धेरै चर्चा भएपनि स्ट्राइकरलाई गोल गर्ने मौका सिर्जना गर्ने मिडफिल्डर नै हुन् ।

फिफा विश्वकपमा केहि उत्कृष्ट मिडफिल्डरहरु लुका मोड्रीच, पौल पोग्बा र केभिन डी ब्र्युएनले सानदार खेल प्रदर्शन गरे। लुका मोड्रीच प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बलको हकदार समेत बनेका थिए। मिडफिल्डरलाई खेलमा धेरै तवरमा प्रयोग गर्न सकिन्छ। मिडफिल्डरले खेलमा ल्याउने भिन्नताले नै खेलको महत्व अझ बढ्छ। यस लेख मार्फत बर्तमान विश्व फुटबलका ५ उत्कृस्ट मिडफिल्डरको बिषयमा प्रस्तुत गरेका छौं :

५) मार्को भेर्राट्टी (पेरिस सेन्ट जर्मन) :

पेरिस सेन्ट जर्मनका इटालियन मिडफिल्डर मार्को सन् २००९ बाट फुटबलमा उदाएका हुन्। उनी बल आफ्नो पक्षमा राख्न र खेलको गति जोगाउन माहिर छन्। गत सिजन उनले प्रति खेल ९२ पास खेलेका थिएभने औसतमा १.२ मुख्य पास सिर्जना गरेका थिए। उनीमा डिफेन्समा रहेर टोलीलाई सहयोग पुर्याउन सक्ने क्षमता समेत रहेको छ। उनले पछिल्लो सिजन च्याम्पियन्स लिगमा प्रति खेल ३.३ र लिग १ मा २.३ ट्याकल पुरा गरेका थिए।

४) एन्गोलो कान्टे (चेल्सी) :

चेल्सीमा भित्रीएसंगै कान्टेको महत्व विश्व फुटबलमा झन् धेरै बढेको छ। सन् २०१५-१६ को सिजन पछि उनी चेल्सीमा आएका हुन्। वर्तमान विश्व फुटबलमा कान्टे उत्कृष्ट रक्षात्मक मिडफिल्डर हुन्। चेल्सीका लागि अन्तिम ३ सिजनमा कान्तेको नाममा ६८% सफल ट्याकल रेट रहेको छ। सन् २०१७-१८ को प्रिमियर लिगमा उनले ८५ इन्टरसेप्शन र २६ क्लियरेन्स गरेका थिए। उनको सबैभन्दा ठूलो पक्ष नै खेललाई आफ्नो पकडमा राख्नु हो।

३) टोनी क्रुस (रियल म्याड्रिड) :

बायर्न म्युनिखमा पाएको सफलतापछि टोनी क्रुसले रियल म्याड्रिडमा समेत समान सफलता हात परेका छन्। तेस्रो लगातार च्याम्पियन्स लिग बिजेता बनेको रियल म्याड्रिडको बिजय यात्रामा क्रुस महत्वपूर्ण अंग थिए। आफ्नो टोलि जर्मनीको खराब विश्वकप यात्रामा क्रुस भने एक्लो योद्दा बनेका थिए। सन् २०१-१८ को सिजनमा क्रुसले ५ गोल गर्दा ८ एसिस्ट समेत गर्न भ्याएका थिए। उनी प्रति खेल ७५ पास दिने औसत राख्दछन्।

२) केभिन डी ब्र्युएन (म्यानचेस्टर सिटि) :

म्यानचेस्टर सिटिमा आबद्ध भएसंगै केभिन डी ब्र्युएन बिपक्षिको टाउको दुखाईको बिषय बनेका छन्। रुसमा सम्पन्न फिफा विश्वकपमा समेत उत्कृष्ट  प्रदर्शन गरेका केभिनले आफ्नो टोलि बेल्जियमलाई तेस्रो स्थान दिलाउन अहम भूमिका निभाएका थिए। अघिल्लो प्रिमियर लिग सिजनमा समेत उनले ८ गोल र १६ एस्सिस्ट गरेका थिए। गत सिजन उनको नाममा ६२ ट्याकल र ६९% सफलता प्रतिशत रहेको थियो। उनको कलात्मक मिडफिल्ड शैलीनै उनको मुख्य अस्त्र  हो।

१) लुका मोड्रीच (रियल म्याड्रिड) :

पछिल्लो १० बर्षमा विश्वकै उत्कृष्ट मिडफिल्डर मध्येका एक हुन् लुका मोड्रीच। रियल म्याड्रिडमा सुरुवातमा धेरै अफ्ट्यारो सहेपनि उनले त्यसबाट माथी उठ्दै टोलीको प्रमुख खेलाडी बनेका छन्। रुसमा सम्पन्न विश्वकप फुटबलमा मोड्रीचले गोल्डेन बललाई आफ्नो नाम गरेका थिए। आफ्नो उत्कृष्ट  पासिङ क्षमताको सदुपयोग गर्दै उनले हरेक खेलमा योगदान गरेका छन्। अन्तिम सिजन उनले ८६% पास सफलता सहित प्रति खेल ५९ पास गरेका थिए। विश्वकै उत्कृस्ट मिडफिल्डर मानिने मोड्रीच बललाई आफ्नो पक्षमा राख्न खप्पिस छन्। धेरै पटक त उनले आफ्नो वान-टच पासको मद्दतले बिपक्षि डिफेन्डरहरुलाई चक्मा समेत दिएका छन्।

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.