7 years ago
August 16, 2018
जुरिच (एजेन्सी) – विश्वविजेता फ्रान्स फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा फ्रान्स ६ स्थान माथि उक्लिदै शीर्ष स्थानमा उक्लिएको हो ।

यस्तै विश्वकपको उपविजेता क्रोएसिया १६ स्थान माथि उक्लदै वरीयताको चौथो स्थानमा उक्लिएको छ । बेल्जियम एक स्थान सुधार गदै दोस्रो स्थानमा उक्लदा ब्राजिल एक स्थान तल झर्दै तेस्रो स्थानमा झरेको छ । उरुग्वे ९ स्थान सुधार गर्दै चौथो तथा इंग्ल्यान्ड ६ स्थान सुधार गर्दै पाँचौ र छैटौ स्थानमा उक्लिएको छ । पोर्चुगल तीन स्थान तल झरेर सातौ तथा, स्वीट्जरल्यान्ड दुई स्थान तल झरेर आठौं स्थानमा झरेको छ ।
स्पेन एक स्थान सुधार गर्दै नवौ तथा डेनमार्क तीन स्थान सुधार गरेर वरीयताको शीर्ष १० भित्र अटाएका छन् । अर्जेन्टिना, चिली, स्वीडेन, कोलम्विया र जर्मनी शीर्ष १५ मा अटाएका छन् ।
नेपाल वरीयतामा १६१ औं स्थानमा यथावत रहेको छ ।
दक्षिण एसियामा भारत ९६ औं स्थानसहित शीर्षस्थानमा रहँदा अफगानिस्तान १४५ औं स्थानसहित दक्षिण एसियामा दोस्रो स्थानमा छ । माल्दिभ्स १५० औ, भुटान १८४ औं, बंगलादेश १९४ औं, श्रीलंका २०० औं र पाकिस्तान २०१ औं स्थानमा रहेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]