7 years ago
August 16, 2018
बासिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार लियोनल मेस्सीले अर्जेन्टिनाबाट कम्तीमा यो वर्ष (सन् २०१८) भर नखेल्ने समाचार सार्वजनिक भएको छ । अर्जेन्टिनाबाट १ सय २८ खेल खेलिसकेका मेस्सीले ६५ गोल गरिसकेका छन् । उनको महत्वपूर्ण भूमिकामा अर्जेन्टिनाले २००८ मा ओलम्पिकमा स्वर्ण पदक जितेका थियो ।
पाँच पटकका बालोन डी ओर विजेता भविष्यमा अर्जेन्टिनाबाट खेल्ने नखेल्ने नयाँ प्रशिक्षकको आगमनपछि तय हुने बताइएको छ । ३१ वर्षे मेस्सी अर्जेन्टिना फुटबल संघले गर्ने नयाँ प्रशिक्षकको नियुक्तीलाई हेरिरहेका छन् । रसिया विश्व कपमा अन्तिम १६ बाट बाहिरिएपछि अर्जेन्टिनाले प्रशिक्षक जर्ज साम्पोलीलाई बर्खास्त गरेको थियो ।
त्यसपछि वेस्ट ह्यामका पूर्व रक्षक लियोन स्कालोनीलाई टोलीको कार्यवहाक प्रशिक्षक नियुक्ती गरिएको थियो । मेस्सीलार्ई २०१८ को बाँकी अवधिका लागि टोलीमा समावेश नगरिने समाचारहरुमा उल्लेख गरिएको छ । सम्भवत उनले अर्को वर्ष सन्यास लिने अनुमान गरिएको छ । विश्व कपमा आइसल्यान्ड्, नाइजेरिया र क्रोएसिया सम्मिलित समूहबाट उपविजेतका रुपमा अर्जेन्टिना अन्तिम १६ मा पुगेको थियो ।
अफ्रिकन टोलीलाई हराउन सफल भएका कारण मात्र अर्जेन्टिना अघि बढ्न सफल भएको थियो । तर टोली अन्तिम १६ मा फ्रान्ससँग ४–३ को हार बेहोरेको थियो । जसमा फ्रान्सका लागि केलियन एमबाप्पेले २ गोल गरेका थिए । अहिले सम्म व्यवसायिक खेल जीवन बार्सिलोनामा बिताएका मेस्सीले १५ सिजनमा टोलीका लागि ५ सय ५२ गोल गरिसकेको छन् । मेस्सीले यो वर्ष नखेल्ने निर्णयलाई अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको मान्न नमिल्ने कतिपयले बताएका छन् ।
अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टिभेजले मेस्सीको निर्णयबाट आफु आश्चर्यमा नपरेको बताएका छन् । उनका अनुसार मेस्सीले आरामका लागि यस्तो निर्णय गरेको हुन सक्ने अनुमान लगाएका छन् । २०१६ मा चिलिसँग कोपा अमेरिका कप फाइनलमा हारेपछि मेस्सीले सन्यासको घोषणा गरेका थिए । तर अर्जेन्टिनाका समर्थकको व्यापक दबाब पछि उनी पुनः टोलीमा फर्केका थिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]