default_image

7 years ago

August 17, 2018

ओजिलले राष्ट्रिय टिमबाट सन्यास लिनु ‘बकवास’ – टोनी क्रुस

103 views

0 Bookmark

म्युनिख (एजेन्सी) – जर्मनीका मिडफिल्डर मेसुट ओजिलले अन्तराष्ट्रिय फुटबल जीवनबाट सन्यास लिने घोषणा बकवास भएको उनका सहकर्मी टोनी क्रुसले बताएका छन् ।

जर्मनी तथा रियल म्याड्रिडका मिडफिल्डर क्रुसले पछिल्लो महिना ओजिलले राष्ट्रिय टोलीबाट सन्यास लिने कुरा बकवास रहेको बताएका हुन् । २९ बर्षीय आर्सनल मिडफिल्डर ओजिल जर्मनी रुस विश्वकपमा समूह चरणबाट बाहिरिदा अपमानित भएका थिए । टोनीले ओजिल टिमका लागि एक योग्य र महत्वपुर्ण खेलाडी भएको बताए । तर, जुन तरिकाले उनले सन्यासको घोषणा गरे त्यो कसैको दबाबमा नभएको समेत टोनीले बताए ।

ओजिलले मे मा टर्कीका राष्ट्रपति टायीप एर्डोगनसँग खिचेको फोटोबाट आलोचित भएका थिए । त्यसपछि जर्मनी रुस विश्वकपमा समूह चरणबाट बाहिरिदा झनै आलोचनाका सिकार बने । किनकी ओजिल विश्वकपमा जर्मनीका लागि सबैभन्दा जिम्मेवार खेलाडी थिए । उनले सन्यास घोषणा गर्दा बताएका थिए, ‘जब हामी प्रतियोगिता जित्छौ, हामी जर्मन हुन्छौ । तर, जब प्रतियोगिता हार्छौ हामी आप्रवासि हुन्छौ ।’

ओजिलले जर्मन फुटबल एशोसियसनलाई समेत बताएका थिए की उनी प्रतियोगितामा प्रयास गर्दा गर्दै चुकेका थिए । टोनीले भने, ‘उनको बयानमा जुन कुराको सही तरिकाले सम्बोधन भएको थियो । त्यो भन्दा बदि उनी बकवासले प्रभावित भए ।’ उनले थपे, ‘मलाई लाग्छ उनी राम्रोसँग जान्दछन् की राष्ट्रिय टिम भित्र जातिय विभेद र जर्मन फुटबल एशोसियसनको दबाब थिएन ।’

ओजिलले राष्ट्रिय टिमका लागि ९२ खेल खेलेका थिए । जहाँ उनले २०१४ को विश्वकप जित्दा महत्वपुर्ण भुमिका खेलेका थिए । उनले पाँच पटक समर्थकबाट उत्कृष्ट खेलाडीको उपाधि पाएका थिए ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.