7 years ago
August 17, 2018
पिटर्सवर्ग (एजेन्सी) – जेनिथ सेन्ट पिटरसबर्गले युरोपा लिगमा उत्कृष्ट पूनरागमन गर्दै डिनामो मिन्स्कमाथि कीर्तिमानी जित निकालेको छ । पहिलो लेगमा ४–० ले पछि परेको पिटर्सवर्गले दोस्रो लेगमा ८–१ को सानदार जित निकाल्दै युरोपा लिगको छनोटको तेस्रो राउन्डमा समग्रमा ८–५ को जित निकाल्दै ३३ वर्ष पुरानो कीर्तिमान तोडेको हो ।
यसअघि ३३ वर्षअघि १९८५ को युइएफए कपमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब बोरुसिय मोन्चेगालबाचसाग ५–१ ले पछि परेको अवस्था उल्ट्याएर दोस्रो चरणमा प्रवेश गरेको थियो । रियल अवे गोलको आधारमा अघि बढेको थियो ।
पहिलो लेगमा चार गोलले पछि परेको अवस्थामा दोस्रो लेगमा उत्रिएको पिटरसबर्गले गोलको वर्षा नै ग¥यो । पहिलो हाफमा १–० गोलले अघि रहेको पिटरसबर्गले दोस्रो हाफ र थप गरिएको अतिरिक्त समयमा ७ गोल गर्न सफल भयो । पिटरसबर्गले खेलको २२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थियो ।
पिटरसबर्गका लागि आर्टिम ज्युबाले ह्याट्रिक गोल गरे । उनले खेलको ७५, ७८ र ११५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै, पिटरसबर्गले ६६ र १०९ औं मिनेटमा गोल गरेको थियो भने थप गरिएको अतिरिक्त समयको अन्तिम समयमा २ गोल गर्न सफल भएको थियो । यता, डिनामोले भने खेलको ९९औं मिनेटमा एक गोल मात्र फर्काउन सफल भएको थियो ।
जेनिथ ७२ औं मिनेटमा तथा मिन्स्क अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो । जेनिथले अब मोल्डेसँग प्रतिस्पर्धा गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]