default_image

7 years ago

August 18, 2018

आर्सनल र चेल्सी भिड्दै, दुई नयाँ प्रशिक्षकको भिडन्त

165 views

0 Bookmark

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत आज दुई बलिया टोली आर्सनल र चेल्सी भिड्दै छन् । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १०.१५ बजे सुरु हुने छ ।

चेल्सीका लागि पूर्व आर्सनलका कप्तान सेस्क फेब्रिग्यास चोटका कारण खेलमा समावेश हुने छैनन् । विश्वकप उपविजेता माटियो कोभासिच पनि मैदानमा ९० मिनेट खेल्न तयार नरहेको प्रशिक्षकले बताए । विश्वकपका दोस्रो उत्कृष्ट खेलाडी इडेन हाजार्डले यस खेलमा सुरुवात गर्ने देखिन्छ ।

त्यस्तै आर्सनलका लागि डिफेन्समा चोटको समस्या देखिएको छ । नाचो मोनरियल र सिड कोलासिनाच घाइते रहेकाले नव खेलाडी स्टेफेन लिचस्टाइनरले आज लिग ‘डेब्यु’ गर्ने सम्भावना रहेको छ । एलेक्जान्डर लाकाजेटले आज अग्रपंक्तिको जिम्मेवारी सम्हाल्ने छन् । उनलाई पियर एम्रिक अबामियाङ र हेन्रिक मिखितार्यनले साथ दिने देखिन्छ ।

आर्सनलले आफ्नो पहिलो लिग खेल म्यानचेस्टर सिटीसंग २-० ले गुमाएको थियो । अर्को तर्फ चेल्सीले भने हडर्सफिल्डलाई ३-० ले हराएको थियो । कम्युनिटी शिल्डको खेलमा चेल्सी पनि सिटीसंग २-० ले हारेको थियो ।

आज प्रिमियर लिगका अन्य खेलहरु:

कार्डिफ विरुद्ध न्युकासल युनाइटेड – ५.१५ बजे

एभर्टन विरुद्ध साउथह्याम्प्टन – ७.४५ बजे

लेस्टर विरुद्ध वुल्भ्स – ७.४५ बजे

टोटनह्याम विरुद्ध फुलह्याम – ७.४५ बजे

वेस्ट ह्याम विरुद्ध बोर्नमथ – ७.४५ बजे

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.