7 years ago
August 18, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस च्याम्पियन बार्सिलोनाले आज सिजनको पहिलो खेलमा आलाभेसको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको २ बजे सुरु हुने छ ।
बार्सिलोनाका डिफेन्सर सामुयल उम्टिटीलाई थप विश्राम दिइएको कारण क्लेमेन्ट लेङलेटले लिगमा डेब्यु गर्ने देखिन्छ । अर्का डिफेन्डर सर्जि रोबर्टो सुरुवाती ११ मा फर्किने छन् । स्टार जोडी लियोनल मेस्सी र लुइस स्वारेजलाई उस्माने डेम्बेलेले साथ दिने देखिन्छ । त्यस्तै मिडफिल्डमा इभान राकिटिच, सर्जियो बुस्केट्स र फिलिप कौटिन्होले स्थान पाउने लगभग पक्का छ ।
बार्सिलोना गत सिजनको च्याम्पियन रहेको थियो भने आलाभेसले लिगमा १४ औं स्थान हांसिल गरेको थियो । आलाभेसका जोनिले आज लिग डेब्यु गर्ने छन् । आलाभेसको अग्रपंक्ति रुबेन सुब्रिनो र जोन गुइडेट्टिले सम्हाल्ने छन् । नियमित डिफेन्डर रोड्रिगो एलि घाइते रहेकाले उनको स्थानमा जिमो नाभारो खेल्ने देखिन्छ ।
गत सिजन बार्सिलोनाले आलाभेसलाई दुई खेलमा दुवै चोटी जित्न सफल भएको थियो भने अघिल्लो १० खेलमा आलाभेसलाई ९ मा हराएको छ । बार्सिलोनाले घरेलु मैदानमा अघिल्लो ३१ मध्ये २८ मा जित हात पारेकाले आज पनि जितको दाबेदार रहेको छ । जितसंगै बार्सा सिजनको सुखद सुरुवात गर्ने दाऊमा रहने छ । स्पेनिस लालिगाको अन्य खेलहरुमा आज सेल्टा भिगो र इस्पानियोल तथा भियारियल र रियल सोसियडाड भिड्ने छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]