7 years ago
August 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपमा आज नेपालले तेस्रो स्थानको लागि आयोजक भुटानको सामना गर्दैछ । खेल थिम्पुस्थित चामलिङथाङ रंगशालामा दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ ।
नेपाल सेमिफाइनलमा भारतसँग २–१ ले तथा भुटान डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ५–० को अन्तरले पराजित भएको थियो । घरेलु टोली भुटानलाई पराजित गर्दै नेपाल तेस्रो हुने लक्ष्यका साथ मैदान उत्रनेछ । यता, भुटान पनि नेपाललाई निराश पार्दै तेस्रो बन्ने योजनामा हुनेछ ।
यस्तोमा नेपाल र भुटानबीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आजै भारत र बंगलादेशबीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ । खेल ६ः४५ बजेपछि हुनेछ । यी दुई टोली गतवर्ष पनि फाइनल खेलेका टोली हुन् । फाइनलमा भारतलाई पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]