7 years ago
August 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)-नेपाल यु–१५ महिला साफ च्याम्पियनसिपमा चौथो भएको छ । शनिबार तेस्रो स्थानको लागि भएको खेलमा आयोजक भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुदै नेपालले चौथो स्थानमा चित्त बुझाएको हो ।
चाम्लिङथाङ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा भुटान सफल हुदा नेपाल स्तब्ध बन्न पुग्यो ।
पेनाल्टीमा नेपालकी सरस्वती हमाल, प्रिती राई र सलोनी मगरले गोल गरे । सविता रानामगर र चन्द्रा गोल गर्न असफल भए । भुटानकी सोनाम ल्हामो, छिरिङ याङचेन, यासी विधा र छिरिङ लादनले गोल गरे । सेरज पेल्मोको प्रहार गोलकिपरले रोकेकी थिइन् ।
त्यसअघि प्रतिस्पर्धात्मक खेलमा नेपालाई तेस्रो स्थान दिलाउन वैकल्पिक खेलाडी चन्द्रा भण्डारीले दुई गोल गरिन् । नेपाल खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । डेकी याङडनले गोल गर्दै भुटानलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० पछि परेको नेपालले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काउन सफल भयो । दोस्रो हाफको शुरुमै मैदान छिरेका चन्द्राले बराबरी गोल फर्काइन् ।
चन्द्राले नै ५५ औं मिनेटमा गोल गरेपछि नेपालले खेलमा २–१ को अग्रता लिन सफल भएको थियो । तर, ६६ औं मिनेटमा यासी विधाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा पुर्याएकी थिइन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । आजै उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बंगलादेश र भारतबीच खेल हुनेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]