7 years ago
August 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)-भुटानमा अर्को महिनाको अन्तिम सातादेखि शुरु हुने साफ यु–१८ महिला फुटबल च्याम्पियनसिपमा श्रीलंकाले नखेल्ने भएको छ । श्रीलंकाले प्रतियोगिताबाट हात झिकेपछि समूह विभाजन र खेल तालिकासमेत परिवर्तन भएको छ ।
प्रतियोगिताबाट श्रीलंकाले नखेल्ने निर्णय गरेसँगै दक्षिण एसियाली फुटबल फेडेरेसनले शनिबार नयाँ समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको छ । नयाँ समूह विभाजनामा भारत, माल्दिभ्स र भुटान समूह ‘ए’ मा रहेको छ । समूह ‘बी’ मा नेपाल, बंगलादेश र पाकिस्तान रहेका छन् ।
यसअघि समूह ‘ए’ मा तीन टोली भारत, श्रीलंका र माल्दिभ्स रहेको थियो । समूह ‘बी’ मा भने चार राष्ट्र नेपाल, बंगलादेश, भुटान र पाकिस्तान रहेको थियो । साफ यु–१८ महिला साफ च्याम्पियनसिपका खेलहरु २८ सेप्टेम्बरबाट ७ अक्टोबरमा सम्म भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा हुनेछ । २८ सेप्टेम्बर पाकिस्तानसँग खेल्दै नेपालले च्याम्पियनसिपको शुरुवात गर्नेछ । २ अक्टोबरमा नेपालले बंगलादेशसँग खेल्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]