7 years ago
August 19, 2018
बार्सिलोना (एजेन्सी) – कप्तान लियोनेल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस लिगमा शनिबार सुखद सुरुवात गरेको छ । पहिलो खेलमा डेपोर्टिभो अलाभेसलाई ३-० ले हराउने क्रममा सबै गोल दोस्रो हाफमा सम्भव भए ।

पहिलो रोजाइको टोली उतारेको बार्सिलोनाले खेलमा पकड बनाएपनि अग्रता बनाउन भने ६४ मिनेटसम्म संघर्ष गर्नुपर्यो । कप्तान मेसीले नयाँ सिजनको पहिलो गोल गर्दै बार्सिलोनालाई अगाडि बढाए । पेनाल्टी क्षेत्रभन्दा थोरै बाहिर रहेको फ्रिकिकलाई उनले चलाखीपूर्ण ढङ्गले गोलमा परिणत गरेका थिए ।
वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फिलिप कोउटिन्होले ८३ हौं मिनेटमा अग्रता दोब्बर पारे । उनले लिगमा डेब्यु गरिरहेका अार्थरको पासमा गोल गरेका थिए । मेसीले खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३ अंक दिलाए । साविक विजेता बार्सिलोनाले यसपटक लिग उपाधि रक्षा गर्ने सुरमा ४ खेलाडी भित्र्याएको छ ।
प्रशिक्षक एर्नेस्टो भालभेर्डेले नयाँ खेलाडीलाई पहिलो रोजाइमा उतारेनन् । दोस्रो हाफमा उनले अार्टुरो भिडाल र अार्थरलाई मौका दिएका थिए । मालेका र लेङ्गलेटले अवसरको प्रतिक्षा गर्नुपर्ने देखिएको छ ।
हाइलाइट्स :
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]