7 years ago
August 19, 2018
भेरोना (एजेन्सी) – साविकको विजेता युभेन्टस्ले इटालियन सिरी ‘ए’ फुटबलको नयाँ सिजनको पहिलो खेलमा संघर्षपूर्ण जित निकालेको छ । किएभो भेरोनाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्टस्ले ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।
युभेन्ट्सलाई जिताउन सामी खेडिरा र फेड्रिको बर्नार्डडेस्चीले समान एक गोल गरे । युभेन्ट्सले एक गोल आत्मघाती उपहार पाएको थियो । भेरोनाका माटिया बानीले एक आत्मघाती गोल गरेका थिए । यस्तै भेरोनाका मारिउस स्टेपिन्सकी र इमानुएल जियाचेरेनीले गोल फर्काए । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले यसै खेलबाट युभेन्ट्स र सिरी ए फुटबलमा डेब्यु गरेपनि गोल भने गर्न सकेनन् । युभेन्ट्सले यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डोलाई १०० मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो ।
युभेन्टस्ले खेलको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो । जर्जियो चिलियानीको पासमा खेडिराले गोल गर्न सफल भएको थियो । ३८ औं मिनेटमा मारिउसले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा पुगेको थियो । ५६ औं मिनेटमा इमानुएल जियाचेरेनीले गोल गरेपछि युभेन्टस् खेलमा २–१ ले पछि परेको थियो । त्यसपछि युभेन्टस् खेलमा फर्कियो । भेरोनाका माटियो बानीले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको स्थितिमा पुगेको थियो । ९० औं मिनेटमा फेडरिकोले गोल गरेपछि युभेन्टस्लाई ३–२ को संघर्षपूर्ण जित दिलाए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]