10 years ago
February 18, 2016
लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले हेटौंडामा जारी कलर्स अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा बिहिबार सहारा क्लब पोखरालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
भूकम्पमा परी काठमाडौमा निधन भएका हेटौंडेली खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा विहीबार आयोजना गरीएको सेमिफाइनलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले पोखराको सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको उपाधीको लागी लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले चिरपरिचत प्रतिद्वन्द्वी आर्मीसँग भिड्ने छ।
मनाङको जितमा अफ्रिकन खेलाडी अफिज ओलावालेले निर्णायक गोल गरे । उनले खेलको ७९ औं मिनेटमा गरेको गोलले मनाङलाई फाइनलसम्मको यात्रा तय गरायो । ओलावालेले यसअघिको खेलमा भारतको कञ्चनजंगाविरुद्ध ह्याट्रिक समेत गरेका थिए ।
खेलमा मनाङका मिडफिल्डर विश्वास श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले कलर्स मोवाइल प्राप्त गरेका थिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]