7 years ago
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा भएको साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता हुन सफल टोलीलाई जनही ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।

एन्फाको मंगलबार बसेको आपतकालीन बैठकले साफमा उपविजेता बन्न सफल यू–१८ चेलीलाई जनही ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेको हो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा आइतबार राति भएको खेलमा नेपाल बंगलादेशसँग १–० ले पराजित हुदै उपविजेतामा सीमित बनेको थियो ।
नेपाली युथ १८ टोली भुटान एयरबाट बुधबार स्वदेश फर्कदैछ । टोली २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने एन्फाले जनाएको छ । नेपालले उपाधिको दावेदार मानिएको भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]