default_image

7 years ago

October 23, 2018

साफ यु १५ च्याम्पियनसिप– नेपालले पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार राजधानीमा सुरु हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) को यू–१५ पुरुष च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।

एन्फाले मंगलबार आफ्नै मुख्यालय सातदोबाटोमा पत्रकार सम्मेलनको आयोजना गर्दै च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता कात्र्तिक ८ गतेबाट १७ गतेसम्म एन्फा कम्प्लेक्सको कृतिम मैदानमा हुनेछ ।

च्याम्पियनसिपमा दक्षिण एसियाका आयोजक नेपालसहित ६ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको लागि पाकिस्तान, भुटान र माल्दिभ्सको टोली नेपाल आइसकेको छ । बंगलदेशको टोली आज र भारतको बुधबार नेपाल आइपुग्ने कार्यक्रम रहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी गराए ।

सबै टिमलाई प्रशिक्षणको लागि एपीएफको हल्चोक मैदान र मध्यपुर युथ एसोसिएसनको प्रशिक्षण स्थल तोकिएको छ । च्याम्पियनसिप आयोजना गर्न करिव १ करोड ६५ लाख खर्च लाग्ने एन्फाले अनुमान गरेको छ ।

सो को परिपुर्ति गेट मनी र साफबाट आउने अनुदान र अपुग रकम एन्फाको आन्तरिक श्रोतबाट पुरा गरिने एन्फाले जनाएको छ । गेट टिकट साधरणतर्फ २ सय र भिआइपीतर्फ ५ सय तोकिएको छ ।

एन्फाले एकेडेमीमा रहेको २६ जना र एन्फासँग आबद्ध जिल्लाका ४५ जनाबाट उत्कृष्ट २३ खेलाडी छनोट गरिएको बताएको छ । छनोटमा जिल्लाबाट ३०० जनाले सहभागिता रहेको एन्फा ग्रासरुटका संयोजक उपेन्द्रमान सिंहले जानकारी गराए ।

विगतका वर्षहरुमा उमेर कारण विवाद आएको भन्दै यसपटकबाट (एमआरआई) गरेरै खेलाडी छनोट गरिएको एन्फाले जनाएको छ । छनोटबाट एकेडेमीमा रहेका बाहेक ५ जनाले टिममा स्थान बनाएको छ । नेपाली यु–१५ टोलीको घोषणा दुई साताअघि गरिएको थियो ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ, सहायक प्रशिक्षकमा राकेश श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा मनिष तिम्सेना रहेका छन् । साफ यू–१५ मा च्याम्पियन हुने टोलीले एएफसी यु–१६ छनोट खेलन पाउनेछ । नेपाल गत संस्करणको उपविजेता हो । नेपालमै भएको गत संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो ।
नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र माल्दिभ्स रहेका छन् । समूह ‘बी’ मा भारत, भुटान र पाकिस्तान रहेका छन् । नेपालले ८ गते माल्दिभ्ससँग खेल्दै च्याम्पियनसिपको शुरुवात गर्नेछ । सोही दिन समुह ‘बी’ को भारत र पाकिस्तानबीच खेल हुनेछ ।

१० गते पाकिस्तान र भुटान तथा माल्दिभ्स र बंगलादेशबच खेल हुनेछ । १२ गते भुटान र भारत तथा नेपाल र बंगलादेशबीच खेल हुनेछ । हरेक टोलीका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

नेपाली टोली
जान लिम्बु (डिफेन्डर)
निवास फुयाल (डिफेन्डर)
प्रमेश गुरुङ(डिफेन्डर)
रोशन थापा (डिफेन्डर)
सिर्जन दानी (डिफेन्डर)
रोजित परियार (डिफेन्डर)
सुशिल अधिकारी (डिफेन्डर)
हृदेशसिंह ठकुरी (डिफेन्डर)
प्रदिप लम्साल (मिडफिल्डर)
मनग्य नकर्मी (मिडफिल्डर)
दिपेश गुरुङ (मिडफिल्डर)
प्रविन मगर (मिडफिल्डर)
राकेश विके (विङ्गर)
सशांक बोहरा (विङ्गर)
निराजन मल्ल (विङ्गर)
धिरज वलायर (विङ्गर)
नमास थापा (फरवार्ड)
सोनाम गुरुङ (फरवार्ड)
रोहित सुब्बा (फरवार्ड)
दिपेश राई (फरवार्ड)
रोशन नेपाल (गोलरक्षक)
रोहन मगर (गोलरक्षक)
विनय श्रेष्ठ (गोलरक्षक)

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.