7 years ago
October 24, 2018
डोनेस्क (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा युक्रेनी क्लब साख्तर डोनेक्समाथि सहज जित निकालेको छ ।
सिटीले साख्तरमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । सिटीको जितमा डेभिड सिल्भा, एमारिक लापोर्टे र बर्नाडो सिल्भाले गोल गरे ।
सिटीले डेभिड सिल्भाको गोलबाट खेलको ३०औं मिनेटमा अग्रता लिएको थियो । त्यसको ५ मिनेटपछि एमारिक लापोर्टेले गोल गरेपछि सिटीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।
७१औं मिनेटमा बर्नाडो सिल्भाले रियाद महारेजको पासमा गोल गरेपछि सिटीले ३–० को सहज जित निकाल्न सफल भयो ।
जितपछि समूह ‘एफ’ मा सिटीको ३ खेलबाट ६ अंक पुगेको छ । सिटीसँग पराजित साख्तर २ अंक जोडेर पुछारमा छ ।
मंगलबार राति नै भएको खेलमा लियोन र टिएसजी होफेनहेनले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
च्याम्पियन्स लिगका अन्य खेलका नतिजाहरु
समूह ‘ईं’
एइके एथेन्स विरुद्ध बायर्न म्युनिख (०–२)
आयाक्स विरुद्ध बेन्फिका (१–०)
समूह ‘एच’
योङ ब्वाइज विरुद्ध भ्यालेन्सिया (१–१)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]