default_image

7 years ago

October 24, 2018

साफ यू–१५ च्याम्पियनसिपः घरेलु मैदानमा च्याम्पियन बन्ने नेपालको लक्ष्य

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो संस्करणको साफ यु–१५ पुरुष फुटबल च्याम्पियनसिप बिहिबार राजधानीमा शुरु हुदैछ । नेपालले बिहिबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य लिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले तयारी राम्रो रहेकाले घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य रहेको बताएका छन् ।

‘टिममा प्राय एन्फा एकेडेमीका खेलाडीहरु छन् । उनीहरुले विगत १ वर्षदेखि सँगै प्रशिक्षण गरिरहेका छन् । बाँकी केही खेलाडी पनि टिममा घुलमिल भैसकेका छन्,’ प्रशिक्षक श्रेष्ठले प्रि–म्याच कन्फ्रेसमा भने, ‘अन्य टिमबारे जानकार नभएका कारण पहिलो खेल सँधै दवावमा नै हुन्छ । तर, हामी पहिलो खेलमा सहज जित निकाल्दै बाँकी खेलका लागि मनोवल उच्च बनाउने योजनामा हुनेछौं ।’

प्रशिक्षक श्रेष्ठले उमेर समूहको खेलका कुनै फुटेज नपाइने भएकाले पनि पलिो खेल हेरेर नै रणनीति बनाउने बताए । नेपाली टोलीका कप्तान प्रदीप लम्सालले टिम हरेक पक्षमा राम्रो बनेको कारण च्याम्पियन बन्न सकिने बताए । उनले पहिलो रोजाईका गोलरक्षक घाइते हुदा टिममा केही समस्या पर्ने। भएपनि उनको स्थान परिपुर्ति गर्ने खेलाडी रहेकाले आफु उपाधि जित्नेमा आशावादी रहेको बताए ।

भुटानका प्रशिक्षक नकमुराले प्रत्येक खेल शतप्रतिशत दिएर खेल्ने बताए । उनले टोलीले ७ महिना तयारी गरेको र राम्रो प्रदर्शन गर्नेमा आशाबादी रहेको बताए । यता, माल्दिभ्सका प्रशिक्षक इब्राहिम हालिमले दुइ महिनाका तयारीले साफ च्याम्पियनसिप खेल्न आएको बताए । उनले माल्दिभ्समा गर्मी रहेको र यहाँको मौसमले खेलाडीलाई साथ दिने बताए ।

पाकिस्तानका ब्राजिली प्रशिक्षक जोसे रोब्रेटो प्रोटेलाले विभिन्न समस्याका बाबजुद साफका लागि २० दिनको प्रशिक्षणमा नेपाल आएको बताए । उनले छोटो तयारी भएपनि उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए । बंगलादेशका प्रशिक्षक मोस्तफा अनुवार परेजले उमेर समूहमा खेलाडीले पहिलो पटक अन्तराष्ट्रिय खेल खेल्न लागेकाले पहिलो खेलपछि रणनिती बनाउने बताए । उनले पहिलो लक्ष्य सेमिफाइनल पुग्ने रहेको बताए । भारत भने पत्रकार सम्मेलनमा उपस्थित रहेनन् ।

उद्घाटन खेलमा बिहीबार भारत र पाकिस्तान भिड्दैछन् । खेल बिहान साढे ११ बजे सातोबाटोस्थित एन्फा कम्लेक्समा सुरु हुनेछ ।च्याम्पियनसिप कात्र्तिक १८ गतेसम्म चल्नेछ । च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको छ । साफ यू–१५ मा च्याम्पियन हुने टोलीले एएफसी यु–१६ छनोट खेलन पाउनेछ । नेपाल गत संस्करणको उपविजेता हो । नेपालमै भएको गत संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो ।

नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र माल्दिभ्स रहेका छन् । समूह ‘बी’ मा भारत, भुटान र पाकिस्तान रहेका छन् । १० गते पाकिस्तान र भुटान तथा माल्दिभ्स र बंगलादेशबच खेल हुनेछ । १२ गते भुटान र भारत तथा नेपाल र बंगलादेशबीच खेल हुनेछ । हरेक टोलीका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.