7 years ago
October 25, 2018
एजेन्सी – अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारियाले खेलको इन्ज्युरी समयमा गोल गरेपछि च्याम्पियन्स लिग अन्तर्गत बुधबार नेपोलीविरुद्ध पीएसजीले हार टारेको छ । डी मारियाको गोलसँगै पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा खेल २-२ को बराबरीमा टुंगियो ।

खेलको पहिलो हाफमा लोरेन्जो इन्सिगनेले पाहुना टोली नेपोलीलाई १-० को अग्रता दिलाएका थिए । उनले जोसे क्यालेहनको बललाई २९ औं मिनेटमा गोलमा परिणत गरेका थिए । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेको पीएसजीले खेल बराबरी गर्न आत्मघाती गोलको साहारा लिनुपर्यो । डिफेन्डर थोमा मेउनिएरको क्रस नेपोलीका मार्को रुईलाई लाग्दै गोलमा परिणत भएको थियो ।
दोस्रो हाफमा गोलकर्ता इन्सिगनेले चोटका कारण मैदान छाडेपनि नेपोलीले पुन: अग्रता बनाउन सफल रहयो । खेलको १३ मिनेट समय बाँकी रहँदा ड्रिज मर्टेन्सले गोल गरे । तर इन्ज्युरी समयमा डी मारियाले दर्शनीय गोल गर्दै खेल बराबरीमा ल्याए । म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका पूर्व खेलाडी डी मारियाले पेनाल्टी क्षेत्रबाहिर बाट दर्शनीय गोल गर्दै अंक बचाएका थिए ।
यस बराबरीसँगै पीएसजी तेस्रो स्थानमा कायम छ । शीर्ष स्थानमा २ जित दर्ता गरेको लिभरपुल तथा दोस्रोमा ५ अंक बोकेको नेपोली छ । लिभरपुलले रेड स्टार बेलग्रेडलाई ४-० ले पराजित गरेपछि शीर्ष स्थानमा चढेको हो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]