7 years ago
October 25, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा एटलेटिको म्याड्रिडलाई ४-० ले पराजित गरेको छ । घरेलु मैदानमा डर्टमुन्डले पहिलो हाफमा नै अग्रता लिएको थियो ।

एक्सल विटसलले पहिलो हाफको ३८ औं मिनेटमा गरेको प्रहार डीफ्लेक्ट हुँदै गोलमा परिणत हुँदा घरेलु टोली अगाडी बढेको थियो । राफेल गुरेरोले ७३ औं मिनेटमा उत्कृष्ट टिम पासलाई गोलमा परिणत गर्दै २-० को अग्रता दिलाए । इंग्ल्यान्डका युवा विंगर जेडन सान्चोले तेस्रो गोल गर्दा गुरेरोले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डलाई ४-० को सहज जित दिलाए ।
यो एटलेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओनीको हालसम्मकै फराकिलो हार हो । एटलेटिकोको हारमा गोलरक्षक यान ओब्लाकले निकै औसत प्रदर्शन गरे । उनको गल्तीमा दुई गोल पनि सम्भव भएको थियो । एटलेटिकोले पनि खेलमा दुई पटक पोस्टमा प्रहार गरेको थियो । साउल निगुएजले पहिलो हाफ र एन्जल कोरियाले दोस्रो हाफमा गरेको प्रहारमा पोस्ट बाधक बनेको थियो ।
यस नतिजासँगै बोरुसिया लगातार तीन जितका साथ ९ अंक लिएर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । एटलेटिको ६ अंकसहित समूहको दोस्रो स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]