default_image

7 years ago

October 25, 2018

लिभरपुलको जितमा सलाहको दुई गोल

121 views

0 Bookmark

एजेन्सी – फरवार्ड मोहमद सलाहले दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिगमा बुधबार लिभरपुलले रेड स्टार बेलग्रेडलाई ४-० ले पराजित गरेको छ ।

खेलको २० अौं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले एन्ड्र्यु रोबर्टसनको पासमा गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा सलाहले लिभरपुलको अग्रता दोब्बर पारे । पहिलो हाफमा लिभरपुलले एकपक्षिय दवाव बनाएपनि केहि अवसर चुकाएको थियो । पहिलो हाफमा टोली २-० ले अगाडी रह्यो ।

दोस्रो हाफमा पनि लिभरपुलले अाक्रमण जारी राखेको थियो ‌।  रेड स्टारका फिलिपले साडियो मानवलाई लडाएपछि लिभरपुलले ५३ अौं मिनेटमा पेनाल्टी पायो । सलाहले त्यसलाई गोलमा परिणत गर्दै ३-० को अग्रता दिलाए । ७६ अौं मिनेटमा लिभरपुलले फेरि पेनाल्टी पाएपनि मानेले त्यसलाई गोलमा परिणत गर्न सकेनन् । यधपी उनले त्यसको ४ मिनेटमै ड्यानिएल स्टरिजको पासमा गोल गरे ।

यस जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलमा २ जितसहित ६ अंक जोडेको लिभरपुललाई ५ अंक जोडेको नेपोलीले पछ्याइरहेको छ । तेस्रो स्थानमा ४ अंक जोडेको पीएसजी छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.