7 years ago
October 25, 2018
जुरिच (एजेन्सी)– फिफा वरियतामा नेपाल अघिल्लो महिनाको तुलनामा १ स्थान तल झर्दै १ सय ६१ औं स्थानमा पुगेको छ । फिफाले बिहीबार जारी गरेको पुरुष टोलीको अक्टुबरको वरियतामा नेपाल झरेको हो ।
पछिल्लो दुई महिनामा २ अलग अलग प्रतियोगिता खेलेको नेपालले ६ अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसमा २ जितेको र बाँकी खेल गुमाएको थियो ।
बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपको सेमिफाइनल सम्मको यात्रा तय गर्ने क्रममा नेपालले २ खेल जितेको थियो भने २ खेल गुमाएको थियो ।
सेप्टेम्बरमा भएको प्रतियोगितामा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएपनि समूह चरणका त्यसपछिका दुई खेलमा भुटानलाई ४–० र बंगलादेशलाई २–० ले हराएको थियो । सेमिफाइनलमा भने नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो ।
अक्टुबरको सुरुवातमा बंगलादेशमै भएको बंगबन्धु गोल्डकपमा भने नेपालले समूह चरणका दुवै खेल गुमाएको थियो । ताजकिस्तानसँग २–० ले पराजित नेपालले अर्को खेल प्यालिस्टानसँग १–० ले गुमाएको थियो ।
दक्षिण एसियाली राष्ट्रको वरियतामा भारत शीर्षस्थानमा छ । भारत फिफा वरियताको ९७ औं र माल्दिभ्स १ सय ५१ औं स्थानमा छ । दक्षिण एसियाका अन्य राष्ट्र नेपाल भन्दा पछि रहेका छन् । भुटान १ सय ८८ औं, बंगलादेश १ सय ९४ औं, पाकिस्तान १ सय ९९ औं र श्रीलंका २ सय एकौं स्थानमा छ ।
बेल्जियम फिफा वरियताको शीर्षस्थानमा रहँदा विश्व कप विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो र इङ्ल्यान्ड पाँचौं स्थानमा छ । उरुग्वे, पोर्चुगल, स्विट्जरल्यान्ड, स्पेन र डेनमार्क क्रमश : छैटौं देखि दसौं स्थान सम्म छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]