default_image

7 years ago

October 25, 2018

एएफसी यू१९ छनोट : भारतविरुद्धको खेल ‘गर या मर’

107 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद) – एएफसी यू१९ महिला च्याम्पियनसिप छनोटमा शुक्रबार नेपालले भारतसँग खेल्दैछ । नेपाली यु–१९ टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले भारतविरुद्धको खेल नेपालको लागि गर या मर को स्थिति रहेको बताएका छन् ।

खेलअघि बिहिबार सञ्चार कर्मीसँग कुरा गर्दै उनले बलियो भारतविरुद्ध हामीले रक्षात्मक रणनीति अपनाउने बताए । ‘भारतविरुद्ध जितको विकल्प छैन । गत महिना हामीले उनीहरुलाई पराजित गरिसकेका छौं । हाम्रो टिममा कुनै खेलाडी परिवर्तन नरहँदा भारतीय टिममा दुई नयाँ खेलाडीलाई टिममा समावेश गरेको सुनेको छु । त्यसले हामीलाई कुनै प्रभाव पार्ने छैन,’ प्रशिक्षक श्रेष्ठले भने, ‘नेपाल र भारत समान हैसियतका टोली हुन् । हामी थाइल्यान्डसँग पराजित भएपनि हाम्रो आत्मविश्वासमा कमी आएको छै । हामी भारतविरुद्ध साफको नतिजा दोहो¥याउने लक्ष्यमा मैदान उत्रनेछौं ।’

यता भारतीय टोलीका प्रशिक्षक एलेक्स अम्ब्रोसले पाकिस्तानलाई सहजै पराजित गरेपनि नेपालविरुद्धको खेल सहज नहुने बताएका छन् । ‘नेपालविरुद्धको खेल प्रतिस्पर्धात्मक नै हुनेछ । नेपालले थाइल्यान्डसँग उत्कृष्ट खेल पस्केको थियो । उनीहरुले थाइल्यान्डविरुद्ध ढुक्कले फुटबल खेलेको थियो,’ प्रशिक्षक एलेक्सले भने, ‘तर, हामी नेपालविरुद्ध जितकै लागि खेल्नेछौं । दुवै टोली समान स्तरका छन् । उमेर समूहमा नतिजाभन्दा पनि एक्सपोजर महत्वपूर्ण हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमा आयोजक थाइल्यान्डसँग ३–० ले पराजित भएको थियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.