default_image

7 years ago

October 26, 2018

लफ्टस चिकको ह्याट्रिकमा चेल्सी विजयी

143 views

0 Bookmark

लन्डन (एजेन्सी) – रुवेन लफ्टस चिकको ह्याट्रिक मद्दतमा इंग्लिस क्लब चेल्सीले युइएफए युरोपा लिग फुटबलमा वेट बरिसोभलाई पराजित गरेको छ । चेल्सीले बरिसोभलाई ३–१ ले पराजित गरेको हो ।

बरिसोभका एलेक्सी रियोसले एक गोल फर्काए । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले खेलको दोस्रो मिनेटमा अग्रता लिएको थियो । डेभिड जापाकोस्टाको पासमा रुवेन लफ्टसले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धीविरुद्ध लफ्टसले आठौं मिनटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि दोस्रो गोल गर्न सफल भए । यसपटक लफ्टसले विलियनकोे पासलाई सदुपयोग गरे ।

पहिलो हाफमा २–० को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा १ गोल गर्न सफल हुदा एक गोल खान पुग्यो । ५४ औं मिनेटमा लफ्टसले गोल गर्दै ह्याट्रिक पूरा गरे । ७९ मिनेटमा एलेक्सी रियोसले एक गोल गर्दैै बरिसोभलाई खेलमा फर्काउने संकेत दिएपनि बरिसोभ ३–१ ले पराजित हुन पुग्यो ।
जितपछि चेल्सी ९ अंक जोडेर समूह ‘एल’ मा शीर्ष स्थानमा रहेको छ । चेल्सी समूहमा अपराजित छ । चेल्सीसँग पराजित बरिसोभ समूहमा ३ अंकसहित पुछारमा झरेको छ ।

यही समूहको अर्काे खेलमा भिडी एफसीले पाओक एफसीलाई २–० ले पराजित गर्दै समूहमा पहिलो जित निकालेको छ । जितपछि भिडी समुहमा तेस्रो स्थानमा उक्लिएको छ । भिडीसँग पराजित पाओक गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.