default_image

7 years ago

October 28, 2018

एल क्लासिको : बार्सिलोना र रियलको सम्भावित सुरुवाती ११

102 views

0 Bookmark

एजेन्सी – स्पेनिस लिगअन्तर्गत आइतबार राती स्पेनी महारथी रियल म्याड्रिड र बार्सिलोनाबीच एल क्लासिको हुँदैछ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा रातको ९ बजे हुनेछ ।

बार्सिलोनाको गोलरक्षकमा मार्क आन्देर टेर स्टेगन रहनेछन् । डिफेन्समा क्लेमेन्ट लेङलेट र जेरार्ड पिकेलाई जोर्डी अल्बा र सर्जी रोबर्टोले साथ् दिने छन् । मध्य भागमा सर्जियो बुस्केट्स रहनेछन् । आक्रमण र डिफेन्सलाई समन्वय गर्न ब्राजिलियन आर्थर र क्रोएसियाका इभान राकीटिच खटिनेछन् ।

आक्रमणमा लिओनेल मेसीको अनुपस्थितिलाई लुइस सुआरेजले पूर्ति गर्ने प्रयास गर्नेछन् । उनलाई फिलिपे कोउटिन्हो र राफिन्हाले साथ् दिनेछन् । ओस्मान डेम्बेले र माल्कम दुवै राइट विङमा खेल्ने भएपनि इन्टर मिलानविरुद्ध राफिन्हाले राम्रो प्रदर्शन गरेका थिए । त्यसैले तीन खेलाडीमा निकै प्रतिस्पर्धा हुनेछ ।

रियलको लागि यसै सिजन भित्रिएका गोलरक्षक थिबाउट कोर्टूवाले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । तर उनले नाभासभन्दा अगाडी रहेर सुरुवाती ११ मा स्थान बनाउने सम्भावना प्रबल छ । कप्तान सर्जियो रामोस र राफेल भारान डिफेन्सको मध्यभागमा रहनेछन् । ड्यानी कर्भाजल चोटका कारण बाहिर रहेपछि नाचो राइट ब्याक र मार्सेलो लेफ्ट ब्याकमा खेल्नेछन् ।

मिडफिल्डमा क्यासेमिरोलाई लुका मोड्रीच र टोनी क्रुसले साथ दिनेछन् । आक्रमणमा करीम बेन्जेमा एकल फरवार्डका रुपमा रहनेछन् । उनलाई ग्यारेथ बेल र इस्कोले साथ् दिनेछन् । मार्को एसेन्सियो यस खेलका लागि बेन्चमा नै रहनेछन् । लुकास भाज्केज पनि वैकल्पिक खेलाडीका रुपमा आफ्नो प्रभाव जमाउने प्रयासमा हुनेछन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.