7 years ago
January 13, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले ब्राइटनमाथि कठिन जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली ब्राइटनमाथि १–० को कठिन जित निकालेको हो ।

लिभरपुलको कठिन जितमा मोहम्मद सलाहले दोस्रो हाफमा पेनालटीमा गरेको गोल नै निर्णायक बन्यो । ब्राइटनले शीर्ष स्थानको लिभरपुललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । ४९औं मिनेटमा ब्राइटनका पास्कल ग्रसले मोहम्मद सलाहलाई पेनाल्टी बक्समा फल गरेपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो । जसमा सलाह चुकेनन् । सलाहको सिजनमा यो १७औ गोल हो ।

खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि लिभरपुलले थप गोल गर्न नसक्दा सलाहको पेनाल्टी गोल नै लिभरपुलको जितमा पर्याप्त बन्यो ।
जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ७ अंकको अग्रता बनाएको छ । लिभरपुलको २२ खेलबाट ५७ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५० अंक छ । यद्दपि सिटीले एक खेल कम खेलेको छ । सिटीले मंगलबार वल्भ्ससँग खेल्दैछ ।

December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]