7 years ago
January 13, 2019
धनगढी (हाम्रो खेलकुद) – लिग विजेता सिग्नेचर मनाङ मर्स्याङदी क्लब र नेपाल पुलिस क्लब तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको दोस्रो क्वाटरफाइनलमा खेल्दै छन् ।

आइतबार धनगढी रंगशालामा दिनको २:३० बजे सुरु हुने खेलमा दुवै टोली अन्तिम चारमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित अगाडी बढ्नेछन् । पुलिसले पहिलो खेलमा मोरङ फुटबल क्लबलाई पराजित गर्दा युवा फरवार्ड तिर्थ रानाले ह्याट्रिक गरेका थिए । उक्त खेलमा पुलिसका लागि मिडफिल्डर अभिषेक रिजालको प्रदर्शन पनि उच्च रहेको थियो । पुलिससँग आक्रमणमा यी दुई खेलाडीसँगै रवी पासवानको साथ रहनेछ ।
यता लिग जितेपछि उच्च मनोबलमा रहेको मनाङसँग भने केहि खेलाडी उपस्थित रहने छैनन् । नियमित कप्तान विराज महार्जन, उपकप्तान सुजल श्रेष्ठ र विदेशी फरवार्ड आडेलाज सोमिडे चोटका कारण पहिलो खेलमा हुने छैनन् । मिडफिल्डर पुजन उपरकोटीले क्लब छाडेका छन् भने अर्का मिडफिल्डर डोना थापा पनि घाइते छन् । मनाङले लिगदौरान खेलेका विदेशी खेलाडी भिक्टर कामुखाको स्थानमा अर्का विदेशी भिक्टर अमोबीलाई क्लबमा भित्र्याएको छ । अमोबीले यसअघि लिग सरस्वतीबाट खेलेका थिए । यसबाहेक क्लबले एनआरटीका सुशील लामालाई पनि टोलीमा सामेल गरेको छ ।
यस खेलमा विजयी हुने टोलीले अन्तिम चारमा स्थान सुरक्षित गर्नेछ । फाइनल प्रवेशका निम्ति यस खेलमा विजयी हुने टोलीले सीएमजी संकटा र क्यामरुनको धाउफिनस एफसीको विजेतासँग खेल्नेछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]