default_image

7 years ago

January 13, 2019

मनाङलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा

117 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ‌। अाइतबार धनगढी रंगशालामा निरकुमार राईको एकमात्र गोलमा पुलिस १-० ले विजयी रहयो ।

निकै प्रतिस्पर्धात्मक खेलको ११ अौं मिनेटमा हेमन गुरुङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले दोस्रो प्रयासमा नियन्त्रण गरे । लगत्तै अर्कोतर्फ तेज तामाङले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

२९ अौं मिनेटमा तिर्थ रानाले २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कंदा पुलिस अग्रता लिनबाट बञ्चित भयो । लगत्तै निरकुमार राईले पेनाल्टी क्षेत्रभित्र बाट गरेको भली प्रहार अाकाशियो ।

पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा हेमन गुरुङको पासमा अोलावाले अाफिज डिफेन्सलाई बिट गर्दै बल लिएर अगाडी बढ्दा रवी पासवानले बक्सअगाडी ट्याकल गर्दा पुलिसलाई सम्भावित खतरा टरेको थियो । उक्त फ्रिकिकलाई कमल श्रेष्ठले सदुपयोग गर्न सकेनन् ।

दोस्रो हाफमा आक्रामक देखिएको पुलिसका लागि सुरुवाती मिनेटमा निरकुमार राईको प्रहारले पोस्टको दिशा लिन सकेन । ६२ अौं मिनेटमा हेमन गुरुङको क्रसमा मोहमद अासिफको हेडरलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए । त्यसको दुई मिनेटमा अर्कोतर्फ तिर्थ रानाको हेडरमा गोलरक्षक विशाल श्रेष्ठ बाधक बने ।

खेलको ६८ अौं मिनेटमा पुलिसले अग्रता लियो । तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई निरकुमारले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली भली प्रहारमा गोल गरे । ८० अौं मिनेटमा मनाङका अब्दु करीमको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो ।

निर्णायक गोल गरेका निरकुमार खेलको म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । यस जितसँगै पुलिसले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । पुलिसले अब सेमिफाइनलमा सीएमजी संकटा र क्यामरुनको धाउफिन्स एफसीको विजेतासँग खेल्नेछ । पराजित टोलीका प्रशिक्षक तोपे फुजाले लिग सकिएपछि खेलाडीले विश्राम नपाएका कारण फिटनेसमा समस्या देखिएको बताए । ‘हामीले खेलमा सुरुवातदेखि राम्रो खेल्न सकेनौं । लिग सकिएपछि विश्रामको आवश्यकता थियो तर प्रतियोगिता खेल्न आउनु पर्यो । हामीले एकैपटक नयाँ मैदानमा खेल्दा केहि असहज पनि भएको मैले पाएँ,’ उनले भने ।

मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । सोमबार तेस्रो क्वाटरफाइनलमा भ्याली च्यासल युवा क्लब र रुस्लान थ्री स्टार भिड्नेछन् ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.