default_image

7 years ago

January 16, 2019

एन्फा वरिष्ठ उपाध्यक्षमा नेम्बाङ र खड्का मध्ये एकको सम्भावना !

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ उपाध्यक्ष चयनको विषयले अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमिति बैठकमा औपचारिक रुपमा प्रवेश पाउने भएको छ । बिहीबार बस्ने एन्फा केन्द्रिय समितिको तेस्रो बैठकले लामो समयदेखि अड्किएको वरिष्ठ उपाध्यक्ष चयन पूरा गर्ने प्रबल सम्भावना रहेको छ

विरवहादुर खड्का र पंकज नेम्बाङ

वैशाख २२ गतेको केन्द्रिय समिति चयन यता एन्फाको दुई वटा कार्यसमिति बैठकमा वरिष्ठ उपाध्यक्षको एजेन्डाले प्रवेश पाएको थिएन । यसपटकको बैठकमा वरिष्ठ उपाध्यक्षका विषयमा छलफल हुने एन्फा प्रवक्ता किरण राईले हाम्रो खेलकुदलाई जानकारी दिए । एन्फाले केन्द्रिय समिति बैठक डाक्दा भने वरिष्ठ उपाध्यक्ष चयनको विषय एजेन्डामा समावेश थिएन ।

निर्वाचित १७ सदस्यीय केन्द्रिय समिति पदाधिकारी र सदस्यमध्ये कोहीले पनि एजेन्डा थप्न प्रावधान अनुसार यसपटक दुई वटा एजेन्डा थप भएको प्रवक्ता राईले जानकारी दिए । ‘एन्फा वरिष्ठ उपाध्यक्ष चयन र राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकका विषयमा दुई एजेन्डा थप भएका छन्’ , राईले भने, ‘वरिष्ठ उपाध्यक्षको एजेन्डा उपाध्यक्ष पंकज नेम्बाङ र प्रशिक्षकको एजेन्डा अर्का उपाध्यक्ष कृष्ण थापाले थप्नुभएको हो ।’

पंकन नेम्बाङ

विधानत वरिष्ठ उपाध्यक्ष एन्फा कार्यसमितिको दोस्रो वरियतामा हुन्छन् । वैशाख २२ गते सम्पन्न निर्वाचन लगत्तै बसकेको बैठक र साउन अन्त्यमा बसेको बैठकमा वरिष्ठ उपाध्यक्षको एजेन्डाले प्रवेश पाएको थिएन ।

वरिष्ठ उपाध्यक्ष केन्द्रिय समितिको सर्वसम्मति वा बहुमतका आधारमा चयन हुने प्रवक्ता श्रेष्ठले बताए । एन्फाका ४ उपाध्यक्षमध्येबाट एक वरिष्ठ उपाध्यक्ष चयन हुनेछन् । एन्फा उपाध्यक्षमा पंकज नेम्बाङ, कृष्ण थापा, वीरबहादुर खड्का र उपेन्द्रमान सिंह निर्वाचित भएका थिए । त्यसमध्ये नेम्बाङ र खड्काले वरिष्ठ उपाध्यक्षको लागि दाबी गरिहेका छन् ।

विरवहादुर खड्का

सुरुमा दाबी गरेपनि अर्का उपाध्यक्ष थापाले भने दाबी छाडेको श्रोतले बतायो । नेम्बाङले निर्वाचित उपाध्यक्ष मध्ये बढी मत ल्याएकोले आफु हुनु पर्ने दाबी गरेको बताइएको छ । त्यस्तै अर्को उपाध्यक्ष खड्काले भने आफु यसअघि नै उपाध्यक्ष भइसकेकोले वरिष्ठ पाउनुपर्ने दाबी गरेको श्रोतले बतायो ।

यद्यपी चुनावमा जितेका उपाध्यक्षमध्य सर्वाधिक कम मत हासिल गरेका खड्काको दावेदारी कमजोर रहने अनुमान गरिएको छ । नेम्वाङले चुनावमा ६१ मत ल्याएका थिए भने खड्काले ३९ मत ल्याएर उपाध्यक्ष पदमा विजयी भएका थिए । उपाध्यक्षमा उम्मेदवारी दिएका विराटजंग शाहीले ३३ मत ल्याएर खड्कालाई चुनौती दिएका थिए ।

अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले कार्यभार सम्हाल्ने वैधानिक व्यवस्था छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले विदेश यात्राका क्रममा सुरुमा चार उपाध्यक्ष मध्ये एकलाई कार्यवाहक दिने गरेका थिए । पछिल्ला केहि विदेश यात्रामा भने उनले कुनै पनि उपाध्यक्षलाई कार्यवहाक दिएका छैनन् ।

प्रावधिक समितिको संंयोजक आफु भएपनि एन्फाले विना सल्लाह विदेशी प्रशिक्षक ल्याउने तयारी गरेकाले उपाध्यक्ष थापाले अलग एजेन्डा राखेको बुझिएको छ । यसअघि एन्फाले विविधसहित १० वटा एजेन्डा तय गरेको थियो । अब छलफलका लागि १२ एजेन्डा पुगेका छन् ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.