default_image

7 years ago

January 16, 2019

केन दुई महिना मैदान बाहिर

148 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परका फरवार्ड ह्यारी केन चोटका कारण दुई महिना मैदान बाहिर रहने भएका छन् ।

प्रिमियर लिग अन्तर्गत आइतबार म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा एंकलमा चोट बोकेपछि केन करिव २ महिना मैदान बाहिर रहने क्लबले जनाएको छ । उनी मार्चमा मात्रै प्रशिक्षणमा फर्कने क्लबले जनाएको छ ।

‘केनले एंकलको लिगामेन्टमा चोट बोकेका छन् । उनी अब मार्चमा मात्रै उपलब्ध हुनेछन्,’ क्लबले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । म्यानचेस्टर युनाइटेडसँग १–० ले पराजित भएको खेलको अन्तिम समयमा केन फिल जोन्सको ट्याकलमा परेका थिए ।

केनको चोटसँगै टोटेनहमलाई प्रत्यक्ष असर परेको छ । अर्का फरवार्ड ह्युङ मिन सन पनि टोटेनहमको टिममा रहने छैनन् । उनी एसियन कपमा व्यस्त रहनेछन् ।

चोट बोकेसँगै केनले १३ महत्वपूर्ण खेलहरु गुमाउने छन् । केनले च्याम्पियन्स लिगको बोरुसिया डर्टमन्ड विरुद्धको दुवै लेग र कारबाओ कपमा चेल्सीविरुद्धको सेमिफाइनलसमेत गुमाउनेछन् ।

केनले गुमाउने खेलहरु:
जनवरी

२० जनवरी फुलहम (प्रिमियर लिग)
२४ जनवरी चेल्सी (कारवाओ कप सेमिफाइनल दोस्रो लेग)
२७ जनवरी क्रिस्टल प्यालेस (एफए कप चौथो चरण)
३० जनवरी वाट्फार्ड (प्रिमियर लिग)

फेब्रुवरी
२ फेब्रुवरी न्यु क्यासल (प्रिमियर लिग)
१० फेब्रुवरी लेस्टर सिटी (प्रिमियर लिग)
१३ फेब्रुवरी बोरुसिया डर्टमन्ड (च्याम्पियन्स लिग प्रि–क्वाटर, पहिलो लेग)
१६/१७ फेब्रुवरी (सम्भावित एफए कपको पाँचौ चरण)
२३ फेब्रुवरी बर्नली (प्रिमियर लिग)
२४ फेब्रुवरी (सम्भावित कारवाओ कप फाइनल)
२७ फेब्रुवरी चेल्सी (प्रिमियर लिग)

मार्च
२ मार्च आर्सनल (प्रिमियर लिग)
५ मार्च बोरुसिया डर्टमन्ड (च्याम्पियन्स लिग प्रि–क्वाटर, दोस्रो लेग)

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.