7 years ago
January 16, 2019
धनगढी (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनलमा मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २-० ले पराजित गर्दै थ्री स्टारले उपाधि भिडन्त पक्का गरेको हो ।

रुस्लान थ्री स्टारले खेलको पहिलो हाफमा दबाब बनाएपनि गोल गर्न भने दोस्रो हाफ कुर्नुपरेको थियो । १४ अौं मिनेटमा सुनील बलको कर्नरमा रन्जन विष्टको प्रहार रिबाउन्ड भएपछि अडामा डुम्बियाले गरेको प्रहार काकरभिट्टाका गोलरक्षक दीप कार्कीले बचाए ।
२१ अौं मिनेटमा थ्री स्टारका फोडे फोफानाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ३२ अौं मिनेटमा फोफानाको प्रहार पोस्टभन्दा बाहिर जाँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । फोफानाले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित रहयो ।
दोस्रो हाफको ५३ अौं मिनेटमा थ्री स्टारको रुपेश केसीको भली प्रहार दीप कार्कीले बचाए । अर्कोतर्फ काक्करभिट्टाका एन्जल गुरुङको प्रहार अाकाशियो । ५५ अौं मिनेटमा रञ्जित धिमालको लो क्रसमा रन्जन विष्टको प्रहारले पोस्टको दिशा लिन सकेन । ६९ अौं मिनेटमा थ्री स्टारले अग्रता लियो । रन्जन विष्टको क्रसमा बुद्ध चेम्जोङले दिएको हेडर पासमा ६ यार्ड बक्सभित्र अनमार्क रहेका रुपेश केसीले गोल गरे ।
८० अौं मिनेटमा थ्री स्टारले अग्रता दोब्बर पार्यो । सुनील बलले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकमा सुन्दर गोल गरे । विकास राईले रन्जन विष्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले राईलाई पहेंलो कार्ड देखाएका थिए ।
उत्कृष्ट प्रदर्शन गरेका थ्री स्टारका मिडफिल्डर सुनील बल खेलको म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । विजयी टोलीका प्रशिक्षक उज्ज्वल मानन्धरले लिगको पिडा बिर्साउन मोफसलमा सुखद सुरुवात गर्न तत्पर रहेको बताए । ‘हामीले लिगमा राम्रो प्रदर्शन गर्न सकेनौं । मोफसलमा सुखद सुरुवात गर्ने लक्ष्य थियो र त्यहि पथमा अगाडी बढेका छौं । आजको खेल कठिन थियो तर खेलाडीहरुले दोस्रो हाफमा अवसर सदुपयोग गर्दै जित पक्का गरे,’ उनले भने ।
यस जितसँगै थ्री स्टारले प्रतियोगिताको उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गरेको छ । फाइनल खेल शनिबार हुनेछ । बिहीबार दोस्रो सेमिफाइनलमा सीएमजी क्लब संकटा र नेपाल पुलिस क्लब खेल्नेछन् ।
मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]