7 years ago
January 16, 2019
वीरगन्ज (हाम्रो खेलकुद)– ‘ए’ डिभिजन टोली हिमालयन शेर्पा क्लब वीरगन्जमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा बुधबार भएको खेलमा शेर्पाले आयोजक वीरगन्ज–११ लाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।


निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुटआउटमा शेर्पाका गोलरक्षक किशोर गिरीले विपक्षीका दुई पेनाल्टी रोकेका थिए ।
शेर्पाका विजय श्रेष्ठ, विलिक सिवी, प्याट्रिक गोहा र रवि थापाले गोल गर्दा विश्वास श्रेष्ठको प्रहार बाहिरिएको थियो । वीरगन्जका कप्तान कृष्ण कार्की, शिसस थापा, कृपाकान्त चौधरीले गोल गरे । अरुज सिंह र सञ्जय चौधरीको प्रहारलाई शेर्पाका गोलरक्षकले बचाएका थिए ।
त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५६औं मिनेटमा काजिम बुसारीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, घरेलु टोलीले उक्त अग्रता अन्तिम समयसम्म जोगाउन सकेन । इन्जुुरी समयमा शेर्पाले बराबरी गोल फर्काएको थियो । वीरगञ्जका कृष्ण कार्की म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिताको अर्को सेमिफाइनल बिहीबार झापा–११ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]