7 years ago
January 17, 2019
धनगढी (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब र सीएमजी संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको दोस्रो सेमिफाइनलमा आमनेसामने हुँदैछन् । धनगढी रंगशालामा बिहीबार दिउँसो २:३० बजे हुने खेलको विजेताले उपाधिका लागि रुस्लान थ्री स्टारको सामना गर्नेछ ।

सीएमजी संकटाले प्रतियोगिताको पहिलो खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । त्यसपछि क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १-० ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान पक्का गरेको थियो । संकटाले प्रतियोगितामा अहिलेसम्म गोल खाएको छैन । पहिलो खेलमा गोलरक्षक राजबाबु थापा म्यान अफ द म्याच भएका थिए भने दोस्रो खेलमा कप्तान तथा सेन्टर डिफेन्डर रवी सिलवाल उत्कृष्ट चुनिएका थिए ।
राजधानीमा गत साता सम्पन्न ए डिभिजन लिगमा उपविजेता बनेको संकटाले यस प्रतियोगिताका लागि केहि खेलाडी परिवर्तन गरेको छ । मिडफिल्डमा विष्णु गुरुङको अनुपस्थितिमा जय गुरुङले खेलिरहेका छन् भने सेड्रिक अबाको स्थानमा फोफाना इब्राहिम टोलीमा छन् । प्रशिक्षक सल्यान खड्गीले उपाधि जित्ने लक्ष्य लिएर धनगढी आएको बताएका छन् ।
नेपाल पुलिस क्लबले पछिल्लो खेलमा ए डिभिजन च्याम्पियन मनाङ मर्स्याङदीलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । म्यान अफ द म्याच निरकुमार राईको एकमात्र गोलमा पुलिस सेमिफाइनल पुगेको हो । त्यसअघि पुलिसले मोरङ फुटबल क्लबलाई ३-० ले पराजित गरेको थियो । उक्त खेलमा म्यान अफ द म्याच तिर्थ रानाले ह्याट्रिक गरेका थिए ।
खेलमा पुलिसका लागि अभिषेक रिजाल, तेज तामाङ, विक्रम धिमाल लगायत खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । लिगमा औसत प्रदर्शन गरेको पुलसीले दिनेश राजवंशीलाई गुमाएको छ भने चोटका कारण केहि खेलाडी हाल टोलीमा छैनन् । पुलिसले मनाङलाई पराजित गरेपछि उपाधिमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ ।
खेलको प्रत्यक्ष प्रसारण :
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]