default_image

7 years ago

January 17, 2019

पुलिस खप्तड गोल्डकपको फाइनलमा

119 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सीएमजी क्लब संकटालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ‌। निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा खेलको निर्णय लिइएको हो ।

बुधबार धनगढी रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलको १३ अौं मिनेटमा पुलिसका अभिषेक रिजालको क्रसमा तिर्थ रानाको हेडरले पोस्टको दिशा लिन सकेन । २७ अौं मिनेटमा संकटाले अग्रता लिने सुवर्ण अवसर गुमायो । सुभाष गुरुङको पासमा एलोन म्याक्सवेलले वन भर्सेस वनमा गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले सहजै बचाए ।

४२ अौं मिनेटमा तेज तामाङको क्रसमा अभिषेक रिजालको प्रहारलाई संकटाका गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट डाइभ दिँदै विफल पारे ।

दोस्रो हाफमा दुवै टोलीले अपेक्षित रुपमा अाक्रमक मुभ बुन्न सकेनन् । संकटा ८०अौं मिनेटमा अग्रता लिनबाट चुक्यो । पुलिसका गोलरक्षक शत्रुघन चौधरीले पन्च गरेपछि पोजिसनमा नहुँदा सुभाष गुरुङले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ८५ अौं मिनेटमा पुलिसका रवी पासवानको क्रसमा निरकुमार राईको प्रहारलाई गोलरक्षकले सहजै बचाए ।

टाइब्रेकरमा संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले गोल गरे । पाँचौ प्रहारमा सुभाष गुरुङको प्रहार पुलिसका वैकल्पिकगोलरक्षक रोशन खड्काले बचाए । पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तिर्थ राना र विक्रम धिमाल पेनाल्टीमा सफल भए ।

यस जितसँगै विजयी टोलीले प्रतियोगिताको उपाधि भिडन्तमा शनिबार रुस्लान थ्री स्टारको सामना गर्ने भएको छ । मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.