7 years ago
January 18, 2019
धनगढी (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लब मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा शनिबार भिड्दैछन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तान एवं प्रशिक्षकले मोफसलको यात्रा सर्वाधिक ठूलो प्रतियोगिताको उपाधिसहित गर्ने लक्ष्य राखेको बताएका छन् । सेमिफाइनलमा सीएमजी क्लब संकटालाई टाइब्रेकरमा पराजित गर्दै फाइनल पुगेको पुलिसका कप्तान विक्रम धिमालले योजनाअनुसार खेल्दै उपाधि जित्ने बताएका छन् ।
‘ हामीले यहाँसम्म आइपुग्दा आफ्नो योजना अनुसार खेलेका छौं । फाइनलमा पनि त्यसलाई निरन्तरता दिंदै उपाधि जित्ने लक्ष्य राखेका छौं, ‘ उनले भने, ‘लिगको शीर्ष दुई टोलीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका छौं । युवा टोली भएकाले जोस छ र प्रशिक्षकको निर्देशन अनुसार मैदानमा प्रदर्शन हुँदा सफल भएका छौं ।’

पुलिसका प्रशिक्षक अनन्त थापाले मोफसलको सर्वाधिक धनराशीको प्रतियोगिताको फाइनल पुग्दा टोली हौसिएको बताए । ‘लिगमा अपेक्षित प्रदर्शन हुन सकेन । अहिले मोफसलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगितामा फाइनल यात्रा तय गर्दा पुरै टोलीको मनोबल बढेको छ । फाइनलमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने छौं, ‘ उनले थपे, ‘ हामीले एकरुपताको प्रदर्शन गरेका छौं । हरेक टोलीलाई दबाब राख्दै जित दर्ता गरेका छौं ।’ प्रशिक्षक थापाले लिगमा सहजै जित दर्ता गरेपनि थ्री स्टारविरुद्ध सहज रुपमा नलिने र सहज भएर खेल्ने पनि बताए ।
रुस्लान थ्री स्टारका कप्तान विक्रम लामाले अपेक्षा गरेअनुसार नतिजा हासिल गरिरहेको बताए । ‘ लिगमा हाम्रो प्रदर्शन राम्रो हुन सकेको थिएन । मोफसलमा हामीले राम्रो सुरुवात गर्ने लक्ष्य राखेका थियौं । यस प्रतियोगितालाई हामीले शिक्षाको रुपमा लिएका छौं । अब फाइनलमा उपाधि जितेर सुखद सुरुवात गर्न तत्पर छौं,’ उनले भने,’ पुलिस एकदम राम्रो टोली हो । पुलिस टोली उत्कृष्ट लयमा छ र राम्रो खेल्छ । फाइनल सहज पक्कै हुने छैन ।’

व्यक्तिगत रुपमा पनि मिडफिल्डमा खेल्न पाउँदा केहि सहज भएको उनले बताए । ‘ मैले लिगमा डिफेन्समा खेलेको थिएँ । अहिले मिडफिल्डमा खेलेपनि शत प्रतिशत खेल्न सकेजस्तो छैन । चाँडै आफ्नो शत प्रतिशत दिएर टोलीलाई अझै योगदान दिने लक्ष्य छ,’ लामाले थपे ।
थ्री स्टारका प्रशिक्षक उज्ज्वल मानन्धरले विपक्षी भन्दा बढी मिहिनेत गरेर उपाधि जित्ने बताए । ‘फाइनल पुगेका छौं । लक्ष्य भनेको उपाधि जित्ने नै हो । विपक्षी टोलीभन्दा बढी मिहिनेत गर्दै नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछौं,’ उनले थपे, ‘टोलीको मनोबल उच्च रहेको छ । लिगको नतिजा बिर्साउनको लागि भएपनि हामीलाई यस उपाधि आवश्यक छ ।’ थ्री स्टारका व्यवस्थापक मुकेश नकर्मीले पनि राम्रो प्रदर्शन भइरहेकाले उपाधि जित्नेमा आशावादी रहेको बताए ।

शनिबार धनगढी रंगशालामा हुने प्रतियोगिताको फाइनल विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख रुपैयाँमा चित्त बुझाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ हरेकले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]