7 years ago
January 19, 2019
धनगढी (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । रुस्लान थ्री स्टारलाई १-० ले पराजित गर्दै पुलिसले मोफसलको पहिलो उपाधि हात पारेको छ ।

पुलिसको जितमा एकमात्र गोल अभिषेक रिजालले गरे । खेलको ६४ औं मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यस जितसँगै पुलिसले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता रुस्लान थ्री स्टारले भने १० लाख रुपैयाँमा चित्त बुझायो । खेलमा निर्णायक गोल गरेका अभिषेक आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
विजयी टोलीका प्रशिक्षक अनन्तराज थापाले सन्तोषजनक प्रदर्शन भएपनि उपाधि जित्दा खुसी रहेको बताए । ‘मैदानको अवस्थाका कारण हामीले अपेक्षित प्रदर्शन त गरेनौं । समयमा नै गोल निस्केकाले जित दर्ता गर्न सफल भयौं,’ उनले भने, ‘ लिगको प्रदर्शन बिर्साउन मोफसलको प्रतियोगिता जित्ने लक्ष्य थियो । अब अन्य प्रतियोगितामा पनि यसै अनुसार अगाडी बढ्नेछौं । मोफसलको प्रदर्शनले अर्को लिगको तयारीको आधार हुनेछ ।’

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका रवी पासवान घोषित भए । उनले १ सय ५० सीसीको यामाहा मोटरसाइकल प्राप्त गरे । विधागत उत्कृष्टतर्फ पनि पुलिसले नै वर्चस्व जमायो । उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी भए ।
उत्कृष्ट मिडफिल्डर रुस्लान थ्री स्टारक विक्रम लामा घोषित हुँदा उदयीमान खेलाडी सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित भए । प्रतियोगिता अवाधिबह्र ३ गोल गरेका पुलिसका तिर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए । व्यक्तिगत विधातर्फ सबै विजेताले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको समापन समारोहमा सामाजिक अभियन्ता आरजु राना देउवा, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओड, आयोजक क्लबका अध्यक्ष सुरेश हमाल, एन्फा महासचिव इन्द्रमान तुलाधर लगायतको उपस्थिति रहेको थियो ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]