default_image

7 years ago

January 20, 2019

आर्मी रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा

128 views

0 Bookmark

सुनिल गाँउले
सिमरा – विशाल मेमोरियल गोल्ड कप जितेको २४ घन्टा नबित्दै रुस्लान सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई आइतबार ४–२ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । अब आर्मीले फाइनल प्रवेशका लागि आयोजक नवजनजागृति युवा क्लबको सामना गर्नेछ ।

खेलमा दुई पटक सम्म लिएको अग्रता जोगाउन नसक्दा एपिएफ क्वार्टरफाइनलबाट बाहिरिएको हो । ३३ औं मिनेटमा राजन गुरुङको गोलबाट एपिएफले अग्रता लिएको थियो । तर ४३ औं मिनेटमा टंक बस्नेतको गोलबाट आर्मीले पहिलो हाफमा खेललाई बराबरी गरेको थियो ।

दोस्रो हाफ सुरु भएको दोस्रा मिनेटमा अशिष लामाको गोलबाट एपिएफले दोस्रो पटक अग्रता लिएको थियो । तर त्यो पनि लामो समय टिक्न सकेन । ७६ औं मिनेटमा दीपक गुरुङले बराबरी गोल फर्काए ।

खेलको अन्त्यतिर आर्मीले अरु दुई गोल थप्दै खेल सहजै आफ्नो पक्षमा पारेको थियो । आर्मीका लागि ८६ औं मिनेटमा सुदिल राईले गोल गरे भने इन्जुरी समयको पहिलो मिनेटमा टंकले गोल गरेका थिए ।

एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले अग्रतापछि रक्षात्मक खेल्न खोज्दा पराजय बेहोर्नु परेको बताए । ‘आर्मी आँफैमा सशक्त टिम भएकाले रक्षात्मक खेल्नु आवश्यक थियो’ महर्जनले भने । दोश्रो हाफमा बराबरीपछि आर्मीको आक्रामक खेललाई रोक्न नसक्दा पराजय बेहोरेको उनले बताए ।
आर्मीका प्रशिक्षक नविन न्यौपानेले जित हासिल गरेपनि खेलाडीले सोंचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । शनिवार मात्र वीरगञ्जमा फाइनल खेलेकाले खेलाडी थाकेको उनको भनाई थियो । अर्को खेलमा परिष्कृत खेल प्रदर्शन गर्ने उनले बताए ।

आर्मीका दीपक खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा सोमबार खप्तड गोल्डकपको विजेता नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

नव जनजागृति क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.