default_image

7 years ago

January 23, 2019

रुस्लान सिमरा गोल्डकपको सेमिफाइनल – आर्मी र आयोजक भिड्दै

101 views

0 Bookmark

सुनिल गाउँले

सिमरा – त्रिभुवन आर्मी क्लबले रुस्लान सिमरा गोल्ड कपको सेमिफाइनलमा बुधबार आयोजक नवजनजागृति युवा क्लबको सामना गर्दैछ । आर्मी अर्को विभागिय टोली एपिएफलाई ४–२ हराउँदै प्रतियोगिताको अन्तिम चारमा पुगेको थियो ।

आर्मी प्रतियोगिताको साविक विजेता हो । मकवानपुर ११ लाई ३–० ले हराउँदै आयोजक टोली सेमिफाइनलमा पुगेको थियो । आजको खेल जितेमा आर्मी लगातार दोस्रो साता दोस्रो उपाधिको फाइनलमा पुग्नेछ । शनिबार आर्मीले विशाल मेरोरियल गोल्ड कपको उपाधि जितेको थियो ।

आर्मी र नवजनजागृति युवा क्लबको विजेताले सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबमध्ये एकको सामना गर्नेछ । थ्री स्टार र हिमालयन शेर्पाबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । गत वर्ष आर्मी र थ्री स्टारले फाइनल खेलेका थिए ।

शनिबार हुने दसौं संस्करणको सिमरा गोल्डकपको फाइनलको विजेताले ६ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.