7 years ago
January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मदन भन्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइलमा विभागीय त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लब भिड्ने भएका छन् ।

आयोजकले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार साविकको विजेता थ्री स्टारले क्वाटरफाइनलमै आर्मीसँग प्रतिस्पर्धा गर्नुपरेको हो । आर्मी र थ्री स्टारको खेल माघ १४ गते हुनेछ ।
अघिल्लो संस्करणको उपविजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबभने तुलनात्मक रुपम सहज समूहमा परेको छ । मनाङले आफ्नो पहिलो खेलमा राष्ट्रिय जागृति क्लबकको सामना गर्नेछ । खेल १३ माघमा हुनेछ ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा क्यामरुनको दाफिन्स फुटबल टिम, मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, आर्मी र थ्री स्टार रहेका छन् । समूह ‘बी’ मा मनाङ, राष्ट्रिय जागृति क्लब, नेपाल पुलिस क्लब र भुटान सिएफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले १६ लाख रुपैया हात पार्नेछ । गतवर्ष थ्री स्टारले मनाङलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगिता माघ १२ गतेदेखि १९ गतेसम्म सुनसरीस्थित इटहरी रंगशालामा हुनेछ । यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित १६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]