7 years ago
January 24, 2019
एजेन्सी – लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपमा स्टार्सवर्गमाथिको जित महँगो सावित बनेको छ । फ्रेन्च कपमा स्टार्सवर्गमासथ २–० को जित निकालेको खेलमा उसका फरवार्ड नेयमार घाइते बनेका हुन् ।

चोटकै कारण नेयमारले खेलको ६२औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थानमा डियावी मैदान प्रवेश गरेका थिए । नेयमार मोआटाज जेमजेमीको ट्याकलमा परेका थिए । यससँगै नेयमारले च्याम्पियन्स लिग अन्तरगतको म्यानचेस्टर युनाइटेडविरुद्धको प्रि–क्वाटरफाइनल खेल गुमाउन सक्ने क्लबले जनाएको छ ।

घरेलु मैदानमा पीएसजीलाई जिताउन एडिन्सन काभनी र एन्जल डि मारियाले गोल गरे । आइतबार राति भएको खेलमा घरेलु टोली पीएसजीले खेलको तेस्रो मिनेटमा नै काभनीको गोलबाट अग्रता बनाएको थियो । त्यसपछि पनि पीएसजीले स्टार्सवर्गको पोस्टमा बारम्बार पोस्ट आक्रमण बुनेपनि गोल गर्नको लागि ८०औं मिनेट कुर्नुप¥यो ।
८०औं मिनेटमा एन्जल डि मारियाल जुलयिन ड्राक्सलरको पासमा गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । जितसँगै पीएसजी फ्रेन्च कपको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]