10 years ago
April 16, 2016
चौथो संस्करणको मनकामना पोखरा कप फुटवल प्रतियोगिताको विजेता नेपाल पुलिस क्लबलाई हराउदै शसस्त्र प्रहरीको एपिएफ क्लब पोखरामा जारी पााचौ पोखरा कपको सेमिफाईनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शनिवार सम्पन्न खेलमा अर्को विभागिय टिम पुलिसलाई २—० ले हराउदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा रञ्जन विष्टले तीन मिनेटको अन्तरालमा दुइ गोल गर्दै एपिएफलाई सेमिफाइनलमा प्रवेश गराएको हो । खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफमा विष्टले एपिएफको लागि दुई गोल गरेका थिए । खेलको ५९ औं मिनेटमा अग्रता दिएका उनले तीन मिनेटपछि पुन अर्को गोल गरे र जित सुनिश्चित पारे ।
आजको विजेता एपिएफले फाईनल प्रवेशको लागि बैशाख ८ गते मनाङमस्र्याङदी र रमपम झापा ११ विच आइतबार हुने खेलको विजेतासाग प्रतिश्पर्धा गर्नेछ । प्रतियोगिताको फाईनल खेल बैशाख ११ गते हुनेछ । शनिवारको खेलमा एपिएफका रञ्जन विष्ट म्यान अफ दी म्याच घोषित भए ।
खेल पश्चात पत्रकार संग प्रतिक्रिया दिदै जनक सिंङले अघिल्लो संस्करणमा पहिलो खेलबाटै बाहिरिएको एपिएफ क्लव यो पटकको प्रतियोगितामा लगातार दोश्रो खेल जित्न सफल भएकोमा खुसी ब्यक्त गरे । शनिवारको खेलको पहिलो हाफमा पास मिस भएका कारण खेल राम्रो हुन नसकेको भएतापनि दोश्रो हाफमा आफ्नो टीम राम्रो खेलेको र नतिजा राम्रो आएको सिङले वताए । आगामी खेल पनि राम्रो खेल्ने उनको भनाइ रहेको थियो ।
त्यस्तै नेपाल पुलिस क्लवका प्रशिक्षक विराट कृष्ण श्रेष्ठले गोल रक्षकको गल्तीका कारण आफ्नो टीमले पहिलो गोल खाएको वताए । शनिवारको खेलमा आफ्नो टिमको खेलाडीले ब्याकपास राम्रो खेल्न नसक्नुनै हारको मुख्य कारण रहेको उनको भनाइ रहेको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]